सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अयोध्यापुरी राम जन्मभूमि भएको प्रमाणित गरेर देखाउन प्रचण्डको चुनौती


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार १२:५१ 
  • चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । उहाँले भरतपुरमा निर्माण भईरहेको सिटीहलको निरीक्षणपछि आफूलाई सिध्याउन राम जन्मभूमिका अभियान चलाईएको आरोप लगाउनुभएको हो ।

    उहाँले भन्नुभयो “प्रचण्ड सिध्याउनका लागि त्यो अभियान चलाईएको हो ।” उहाँले अगाडि थप्नुभयो “पुरातात्विक अन्वेषणबाट यो प्रमाणित भएमा सबैभन्दा खुशी आफै हुन्छ ।”

    फरक प्रसंगमा उहाँले निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह फ्रिज नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो “चुनाव चिन्ह फ्रिज गर्न मिल्दैन ।” निर्वाचन आयोग आफैले नेकपाको ४४१ जना केन्द्रीय सदस्य भनिसकेकाले त्यसको बहुमतलाई मान्यता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचन आयोग कसैको गोटी हुनुहुँदैन भन्ने मलाई लाग्छ ।” बहुमतलाई नै मान्यता दिनेमा आफूहरु विश्वस्त रहेको उहाँको भनाई थियो ।

    अहिलेको सरकारले निर्वाचन नगराउने बताउँदै उहाँले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने दावी गर्नुभयो । उहाँले भन्नुभयो “संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउँछ ।”

    आफू शान्तिपूर्ण राजनीतिमा रहने कुरा पक्का भएको उहाँले प्रष्ट्याउनुभयो । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उहाँको भनाई थियो । अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो “प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।” छिट्टै संयुक्त आन्दोलन हुनेमा आफू विश्वस्त रहेको बताउँदै दाहालले भन्नुभयो “शेरबहादरजीसँग कुरा गरेँ, संयुक्त आन्दोलन शुरु गरौं, केहीदिनमा नै फाईनल हुन्छ, टुंगिन्छ भनेको छु ।” कांग्रेसकै नेता रामचन्द्र पौडेल र जसपाका नेताहरुसँग पनि संयुक्त आन्दोलनको विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

    संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ, गुटमा भएकाले बोल्न केही समस्या भएको हो ।” उहाँले अगाडि थप्नुभयो “कतिपयले मसँग त्यस विषयमा गुनासो गरिरहेका छन् । बाँकी रहेको दुई वर्षे कार्यकाल त्यसै गुमाउन उहाँहरुले पनि चाहनुभएको छैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.