सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन ,अध्यक्षमा दीपक पुन सहित १५ कार्यसमिति गठन


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार १२:१० 
  •  भरतपुर,४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा स्तरिय पार्टी कमिटी गठन तीब्र पारेको छ । सोहि अनुसार आज (सोमबार) एक कायक्रमको आयोजना गरि भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन भएको छ । दीपक पुनको अध्यक्षतामा १५ कार्यसमिति गठन भएको हो । उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने केहि समय पछि चयन गर्ने जानकारी दिएको छ । सदस्यहरुमा ज्ञान जङ्ग लामा, तोयानाथ अधिकारी, दिनेश न्योपाने, हरिराम पुन, गन बहादुर पुन, डारबिन पुन, जमुन विक, कमला विक निपन गरुङ्ग, निशा गुरुङ्ग, रुप बहादुर पुन, युवराज पुन, अनुप लामा, धन बहादुर पुन रहनुभएको छ । महलिा समिति अध्यक्षमा रापा पुन, यूवा समिति अध्यक्षमा रुपेस कँडेल, दलित समिति अध्यक्षमा जमुन विक, किसान समिति अध्यक्षमा माथुराज विक, जनजाति समिति अध्यक्षमा रुक बहादुर पुन चयन हुनुभएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका सदस्य तोयानाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो । सांसद गुरुङ्गले नयाँ गठित समितिलाई बधाई दिदै पार्टीको काम सहित आफ्नो ठाउँको समस्या औलाउदै विकास निर्माणमा भुमिका खेल्न आग्रह गर्नुभयो । साथै उहाँले बाउबाजेले भनेको र मानेको भरमा कुनै पार्टी प्रति अन्दो भक्ती नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, पुर्खा त्यहि पार्टीको हो मैलेनि त्यहि मान्नु पर्छ भन्ने सोच मनै देखि निकाल्नुस । देश विकासमा, जनताको पक्षमा जस्ले काम गरिरहेको छ त्यसको पछि लाग्नुस । राप्रपा नै देशको माग भएकोमा उहाँले जोड दिनुभएको थियो ।
    राप्रपा बागमति प्रदेश सदस्य ज्ञान जङ्ग लामाले भाषा धर्म सँस्कृतिका कुरा निकालेर जनता विच सरकाले कटुता सिर्जना गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “ देश सयौं थुग्गाको एउटै माला थियो । तर अहिले जात, धर्म, भाषा, संस्कृतीको नाममा देशलाई विभाजन गर्न खोजिएको छ । जनता जनतालाई लडाउन खोजिएको छ । खोक्रा राष्ट्रवाद बोकेका व्यक्ति तथा  पार्टीको यस्ता व्यवहार जनताले बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।  साथै प्रदेश सदस्य लामाले राष्ट्र प्रेम बोकेको राप्रपालाई सम्पूर्ण नेपाली जनताको साथको आवश्यकता परेको  बताउनुभयो ।

    राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राष्ट्रिय प्रचातन्त्र देखि डरायका केहि व्यक्तिहरुले पञ्चायत प्रतिगामि भएका भन्ने भ्रम फलाएको बताउनुभयो । उहाँले पञ्चायतकालमै देशको विकासले फड्को मारेहको हुदा त्यस तर्फ ध्यान नदिन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विष्ण खरेल, चितवका अध्यक्ष रुद्र ढकाल राप्रपाका जिल्ला, उपाध्यक्ष चेतनाथ वाग्ले, जिवलाल पुरी, सचिव केशव भण्डारी, कोषाध्यक्ष, प्रेम गैरे, प्रवक्ता राजु भण्डारी, राप्रपा महिला जिल्ला अध्यक्ष गिता लम्साल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.