सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दायरा बढाउँदै कृषि विश्वविद्यालय


  •    /२१ जेष्ठ २०७६, मंगलवार १४:२४ 
  • चितवन, (रासस) / कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ । हर्टिकल्चर रामपुरमा वा बाहिर कहाँ चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसैगरी डेरी टेक्नोलोजी विषयका लागि पनि सबै तयारी पूरा भएको छ भन्दै उहाँले आउँदो शैक्षिकसत्रबाट ती सबै विषयको अध्यापन गराइने बताउनुभयो ।    

    ती विषयको  पाठ्यक्रम तयार भइसकेका छन् । विसं २०६७ असार ३ गते स्थापना भएको उक्त विश्वविद्यालयमा हाल स्नातक, स्नातकोत्तर र विद्यावारीधिमा कृषि, भेटेनरी, पशु विज्ञान, मत्स्य विज्ञान र वनको पढाइ हुँदै आएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित छ आङ्गिक क्याम्पस सञ्चालन हुँदै आएका छन् । कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर, महोत्तरीको वर्दिबासमा कृषि स्नातक र उदयपुरको कटारीमा वन स्नातकको पढाइ हुँदै आएको छ ।

    उपकुलपति प्रा डा ढकालका अनुसार रोल्पाको माडीचौर र बाँकेको खजुरामा आउँदो शैक्षिकसत्रदेखि आङ्गिक क्याम्पस सञ्चालन गरिँदैछ । ती दुवै ठाउँको जमीन विश्वविद्यालयको नाममा आएको र सबै तयारी पनि पूरा भइसकेको छ । सुर्खेतमा वन र सर्लाहीमा कृषि स्नातकका लागि आवश्यक प्रक्रिया अघि बढेको उपकुलपति प्रा डा ढकालले बताउनुभयो । हाल विश्वविद्यालयमा ९२ विद्यावारीधिसहित ३ हजार ७७० विद्यार्थी अध्ययनरत छन् ।  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.