सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङका तीन योजनामा रु १५ करोड २१ लाख बजेट विनियोजन


  •    न्युजभित्तो/२ फाल्गुन २०७७, आईतवार १२:३३ 
  • बलेवा, २ फागुन ।  पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ ।

    पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो । गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन् । यी जिल्लामा तीन-तीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । बागलुङ नगरपालिका– ५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ । रु पाँच करोड ६५ लाखको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र रु एक करोड ९६ लाख नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

    गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला सङ्ग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ । दुई वर्षमा सकिने रु सात करोडको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहने छ । ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ । रु दुई करोड ६६ लाखको योजनाका लागि रु एक करोड ८६ लाख मन्त्रालय र रु ८० लाख गाउँपालिकाले साझेदारी गर्नेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.