सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हीरक आरोहण तीर्थराज न्यौपाने पुस्तक विमोचन


  •    न्युजभित्तो/१ फाल्गुन २०७७, शनिबार १९:३३ 
  • चितवन, १ फागुन । हीरक आरोहण तीर्थराज न्यौपाने नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच विमोचन गर्नुभएको हो ।

    हिमालय खबर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रवेश गर्नुभएको अवसरमा पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा न्यौपानेका बारेमा ४० जना लेखकले लेखेका लेख समावेश गरिएको छ । एक सय ३६ पृष्ठको सो पुस्तकमा न्यौपानेको बल्यकालदेखि अहिलेसम्मको जीवनी समेटिएको छ । जीवनको लामो समय स्काउटमा बिताउनुभएका न्यौपानेको जीवन सङ्घर्ष र स्काउट सेवाका विषयमा अन्तरराष्ट्रिय व्यक्तिले गरेको बयानसमेत पुस्तकमा समावेश गरिएको छ ।

    जीवन परक रहेको सो पुस्तकको विमोचन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी भट्टराईले विश्व परिवेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्काउटमा लागेर समाज परिवर्तनमा लाग्नुभएका न्यौपानेको जीवनीले समाज परिवर्तमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

    स्काउटका माध्यमबाट समाजमा न्यौपानेले खेल्नुभएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद जग्गनाथ पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, शिक्षाविद् रमाकान्त सापकोटा, पुस्तकका सम्पादक केदारनाथ खनाल, साहित्यकार गोविन्दराज विनोदी, परिवारका तर्फबाट भीष्मराज न्यौपानेलगायतले उहाँको विषयमा बोल्नुभएको थियो ।

    हिमालय खबर अनलाइन पत्रिकाका सम्पादक विजय घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्काउटमा ५० वर्ष बिताउनुभएका न्यौपनेको जीवन त्याग र समर्पणमा बितेको बताइएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.