सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिरोधमा सहभागी हुन कांग्रेस चितवनले पठायो ४० हजारलाई निम्तो पत्र


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १७:१८ 
  • चितवन, ३० माघ । सरकारले गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा नेपाली काङ्ग्रेस चितवनले यही फागुन ३ गते गर्ने बिरोध सभामा सहभागी हुन ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा खर्च बढी हुने भएपछि स्वत स्फूर्त उपस्थित गराउन पत्रचार गरिएको हो ।

    काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जिल्लामा रहेका २८ हजार क्रियाशील सदस्य सहित ४० हजार नेता कार्यकर्तालाई पत्र पठाएर बिरोधमा सहभागी हुन निम्तो गरिएको जानकारी दिनुभयो । पत्रमा फागुन ३ गते सोमबार केन्द्रीय बस पार्कमा १२ः १५ वजे सहभागी हुन अनुरोध गरिएको छ । बिरोध सभा दिउँसो १ बजे चौबिसकोठीमा हुने छ ।

    सभालाई केन्द्रीय सदस्य गगनकुमार थापा र सरिता प्रसाइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काङ्ग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो । प्रतिनिधि सभा विघटनपछि काङ्ग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघिय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्न लागेको हो । यस संगै काङ्ग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पनि बिरोधका कार्यक्रमहरु गरेका थिए । खर्च घटाउन र स्वतस्फूर्त कार्यकर्तालाई सहभागी गराउन पत्र पठाउन थालिएको श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.