सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नुवाकोट उद्योग वाणिज्य सङ्घले गर्यो ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १२:४० 
  • त्रिशूली, ३० माघ । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ ।

    विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिहीबार उद्घाटन गर्दै भूकम्पको कारण नभई मानवीय कमजोर संरचनाको कारण जनधनको क्षति पुग्ने भएकाले भूकम्पपछिको पुनःनिर्माण तथा अब बन्ने संरचना मापदण्डअनुसार विपद् प्रतिरोधि बनाउन आग्रह गर्नुभयो ।

    “भूकम्पपछिको पुनःनिर्माणमा केही लापर्बाही भएको तथा पुनःनिर्माणपश्चात् घरलाई पुनः कोठा र तला थपेर जोखिम बनाइएको छ ।” उहाँले भन्नुभयो, “आफ्नो ज्यान र सम्पत्तिको सुरक्षाका लागी लापरबाही नभई सजगता अपनाउनुपर्छ ।” स्मारक स्तम्भ निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रममा गोयन्का गु्रपका व्यवस्थापक अजय गोयन्काले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व बहनको क्रममा भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारक निर्माण गरेर सहयोग पु¥याएको बताउनुभयो ।

    दुई वर्षअघि शिलान्यास गरिएको सो स्तम्भ गोयन्का गु्रपको रु १० लाख लगानीमा निर्माण सम्पन्न गरिएको हो । स्तम्भ निर्माणको समन्वय तथा जिम्मेवारी बहन गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायी नाफाको लागि मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय पीडाको समयमा सहयोगीको रुपमा सहानुभूति समेत राख्न सकिने सन्देश दिएको बताउनुभयो । भूकम्पमा परेर नुवाकोटमा एक हजार ११२ ले ज्यान गुमाएका थिए भने एक हजार ५० घाइते भएका थिए । असी हजारभन्दा बढी निजी आवाससहित जिल्लाका सबै (४५३ वटा) विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सामुदायिक भवनमा क्षति पुगेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.