सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लाको सिमकोट गाउँपालिकाको डाँडाफया चुकेडी गाउँमा रहेकोसामुदायिक विद्यालयको अवस्था दयनीय


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १२:१५ 
  • सिमकोट, ३० माघ । हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ ।

    न भवन छ, न विद्यार्थी बस्ने डेस्कबेन्च नै, यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य भएका छन्। पाँच वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठ बनेको छ । गाउँका अगुवा र सम्बन्धित निकायले चासो नदिँदा घुम्ती विद्यालयको अवस्था दयनीय बनेको स्थानीय प्रकाशबहादुर शाहीले गुनासो पोख्नुभयो । “बालबालिका पढ्नका लागि साढे एक घण्टाको पैदल हिँडेर विद्यालय जान बाध्य भएका छन्, गाउँमै स्थापना भएको विद्यालय जीर्ण अवस्थामा छ, न त डेस्क नै, न त भवन नै राम्रो छ”, उहाँले गुनासो पोख्नुभयो । उहाँका अनुसार विद्यालयको छानो गत वर्षको हावाहुरीले उडाउँदा जस्तापाता चोरी भएर आकाश देखिने भएको छ, ।

    विद्यालय बनाएको भवन अहिले गोठ बनेको छ, कक्षा कोठाभरि गाईवस्तुका गोबरका साथै विभिन्न फोहरले दुर्गन्धित हुनुका साथै हेरिनसक्नुभएको छ । विद्यालय बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयवासीले घोडा, खच्चड राख्ने गोठ बनााइएको छ । सरोकारवाला निकायले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा विद्यालयको अवस्था हेर्दा रुन मन लागेको अर्का स्थानीयवासी दीपक शाहीले गुनासो गर्नुभयो । साविक वडा १, २ र ४ का गाउँमा बसोवास गर्ने बालबालिकाका लागि कैलाश माध्यामिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको शाहीले बताउनुभयो । “विद्यालय भवन निर्माण गरेर मात्रै नहुनेरहेछ, यसको संरक्षण, व्यवस्थापनका साथै शिक्षक दरबन्दी नहुँदा विस्तारै ओझेलमा पर्दोरहेछ”, उहाँले भन्नुभयो । पहिला पाँच वर्षसम्म सञ्चालन हुँदा एक जना शिक्षकले धानेको विद्यालय अहिले शिक्षकको दरबन्दी नहुनुका साथै भएको शिक्षकलाई तलब दिने पैसाको व्यवस्था गर्न नसक्दा समस्या निम्तएको हो । पहिला कैलाश माविमा शिक्षक दरबन्दीअनुसार नहुँदा उपशाखा घुम्ती विद्यालयमा शिक्षक अभाव हुँदा अवस्था जीर्ण बनेको हो । “विद्यालयको नाममा जग्गा धेरै छ, सातकोठे भवनसहित दुईकोठे व्यवस्थित शौचालय निर्माण भएको थियो तर अहिले विद्यालयको भौतिक संरचना हेर्दा दया लागेर आउँछ”, उहाँले बताउनुभयो । शाहीका अनुसार उक्त विद्यालयको झ्यालढोका फुटाएर चोरी भएका छन्, अधिकांश जस्तापाता छैनन्, भवन भत्किएका छन् । विभिन्न निकायमा विद्यालय पुनः सञ्चालनका लागि आग्रह गर्दा कोही कसैबाट सुनुवाइ हुन नसकेको बताइएको छ । भएका भौतिक संरचना तोडफोड हुनुका साथै चोरी भएपछि कक्षाकोठाजस्तो देखिँदैन उजाड बनेको छ । भएको विद्यालय प्रयोगविहीन हुँदा शिशु, एक र दुई कक्षामा अध्ययनरत विद्यार्थीले समेत साढे एक घण्टादेखि दुई घण्टाको पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ । घुम्ती विद्यालय प्रयोगविहीन र जीर्ण अवस्थामा हुँदा चुकेडी बस्तीका अधिकांश बालबालिकाले पढ्न पाएका छैनन् ।

    चिसोका कारण छ महिना पढाइ हुने हुम्लामा यहाँका बालबालिकालाई विद्यालय टाढा हुँदा विद्यालयमा पढाइ भए पनि नियमित उपस्थित हुने बानी उनीहरूको छैन । “पुस्तौँदेखि शिक्षाबाट वञ्चित यहाँका नागरिक, बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्”, शाहीले भन्नुभयो । दुर्गम क्षेत्रका सरकारी स्कूललाई पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्न पर्याप्त बजेट नहुँदा समस्या बनाएको छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र वडाले कुनै चासो देखाएका छैनन् । पाँच वर्षअघि जिल्लामा सञ्चालित उपाप संस्थाले सो भवन निर्माण गरेको थियो । अहिले यो संस्था नै नभएकाले यसको अवस्था दयनीय बनेको हो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.