सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमालयन उद्धार सङ्घ नेपालको ४६ औँ वार्षिक साधारणसभा सम्पन्न


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १२:०२ 
  • काठमाडौँ, ३० माघ  ।  कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकामा जोड दिइएको छ ।

    हिमालयन उद्धार सङ्घ नेपालको यहाँ सम्पन्न ४६ औँ वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ । सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सङ्घका कार्यक्रम विस्तार गरिने बताउनुभयो । उहाँले खुम्बु पासाङल्हामु तथा मनाङको ङिस्याङ गाउँपालिकासँग समन्वय गरी विभिन्न सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

    बैठकमा सङ्घका महासचिव श्रीराम खत्रीले प्रस्तुत गर्नु भएको आव २०७६-७७ को प्रगति प्रतिवेदन तथा आव २०७७-७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७-७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, सङ्घका मेडिकल निर्देशक डा बुद्ध बस्न्यातले प्रस्तुत गर्नुभएको मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.