सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण


  •    न्युजभित्तो/२९ माघ २०७७, बिहीबार १२:५५ 
  • भरतपुर, २९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले पुलको निरीक्षण गर्नुभएको हो । उहाँले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न लागिएको सडकको समेत जानकारी लिनुभयो ।

    सडक निर्माणका लागि डिजाइन बनिसकेकाले छिट्टै काम शुरु गरिने सडक डिभिजन भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पुलमा भत्किएको क्षेत्रका तत्काल मर्मत गर्न आग्रह गर्नुभयो । विसं २०७१ मा सो पुल निर्माण सम्पन्न भएको थियो । यस्तै अध्यक्ष तिमिल्सिनाले दासढुङ्गाको तनहुँ क्षेत्रमा निर्माण भइरहेको मदन–आश्रित बहुआयामिक स्मृति उद्यानको समेत अवलोकन गर्नुभयो । उहाँले दासढुङ्गाको विकासका लागि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयस्तरबाट विशेष पहल लिनुपर्ने बताउनुभयो । उद्यान निर्माणमा भइरहेको प्रगतिबारे निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराउनुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.