सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा


  •    /२१ जेष्ठ २०७६, मंगलवार १०:०७ 
  • चितवन । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो ।

    प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अशोक देवकोटाले प्रतियोगतामा १६ टिमको सहभागिता रहने जानकारी दिए । खेल प्रबद्र्धन र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति प्रत्येक वर्ष च्याम्पियनसिप आयोजना गरिदै आएको देवकोटाले बताए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीयसहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    प्रतियोगिताको विजेताले हनामी पाँचौँ चितवन च्याम्पियनसिपसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुको भनाइ छ । प्रतियोगिता हेर्नका लागि ५० रुपैयाँको टिकट लिनुपर्ने पनि आयोजकले जनाएको छ ।

    असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन रहेको छ । प्रतियोगिताको सहप्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगितामा दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि, नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

    प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लाग प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा जेठ २२ गते साँझ ४ बजे चितवन भेट्रान र युवा विद्यार्थी नेताहरु तथा २३ गते साँझ जनप्रतिनिधि र पत्रकारहरुकोबीचमा मैत्रीपूर्ण फुटबल खेलाइने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.