सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाखौं खर्चेर आन्दोलन र समर्थनका कार्यक्रम


  •    न्युजभित्तो/२९ माघ २०७७, बिहीबार ०९:४८ 
  • नारायण अधिकारी
    चितवन, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् । ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च हुने गरेको छ ।

    नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताउनुभयो । यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको उहाँको भनाइ छ । यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए । एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा रु २५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ । यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ । परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताउनुभयो । उहाँका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

    नेकपा ओली पक्षले जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा जनसभा आयोजना गर्यो । सो सभामा १०० हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाडौँमा यहाँबाट ठूलो सङ्ख्यामा कार्यकर्ता लगेको थियो । भरतपुर महानगरपालिका–११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिनुभयो । जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । पण्डितका अनुसार एउटा बसलाई रु २१ हजारका दरले आवतजावत भाडा बुझाइएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाडौँ कति सवारी गए भन्ने यकिन सङ्ख्या आइनसकेको बताउनुहुन्छ ।

    यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ । सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् । फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

    खर्चको लेखाजोखा नहुने भए पनि निकै खर्चिलो हुने गरेको नेता बताउँछन् । सबै पक्षले निकट उद्योगी व्यवसायीसँग सहयोग जुटाउने गरेका छन् । बाहिर चन्दा नउठाइएको भए पनि आन्तरिकरूपमा खर्चको व्यवस्थापन भने गरिरहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ संस्थागतरूपमा चन्दा नमागेको बताउनुहुन्छ ।

    उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले पार्टी निकट उद्योगी व्यवसायीसँग स्वेच्छिक चन्दा मागेको बताउनुभयो । उहाँले भन्नुभयो, “म निकटको पार्टीले सहयोग गर्नुपर्यो भनेका छन्, मेरो भागमा कति पर्छ दिन्छु भनेको छु । सबैको यस्तै हो ।” हेर्दा सामान्य लाग्ने भए पनि यस्ता कार्यक्रममा लाखौँ रुपैयाँ खर्च भइरहेको छ । खर्च व्यवस्थापन गर्ने जिल्लाका नेतालाई धौधौ पर्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.