सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन च्याम्पियनसिप : आधुनिक–११ विजयी


  •    न्युजभित्तो/२८ माघ २०७७, बुधबार २२:२३ 
  • भरतपुर, २८ माघ । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७औँ संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तर्गत आज भएको खेलमा आधुनिक–११ गीतानगर विजयी भएको छ ।

    धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको खेलमा आधुनिक–११ गीतानगरले भरतपुर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो । गीतानगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको भरतपुर १७।४ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । भरतपुरका लागि सुर्वन भट्टले ११, सोनु तामाङले १० र सङ्घर्ष पौडेलले ९ रन मात्रै जोड्न सक्यो । भरतपुरलाई सस्तैमा समेट्न आधुनिक ११ गीतानगरका विपिन खत्रीले ८।३ ओभरमा १८ रन खर्चिदै ६ विकेट लिए भने कप्तान किशोर महतोले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए ।

    ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आधुनिक ११ पनि सङ्घर्षपूर्णरूपमा ३ विकेटको जित निकाल्न सफल भयो । गीतानगरले १३।३ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाउँदै जित हासिल ग¥यो । उसका लागि विपिन खत्रीले सर्वाधिक अविजित ११ रन बनाए । गीतानगरलाई दबाबमा राख्दा भरतपुरका कप्तान सङ्घर्ष पौडेलले ५।१ ओभरमा १७ रन खर्चिदै ५ विकेट लिए भने किर्जन गुरुङले ६ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए ।

    प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘ए’ अन्तर्गत चितवन क्रिकेट क्लब र मुनस्टोन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट सङ्घका उपाध्यक्ष सुदीप पियाले जानकारी दिए । एक दिवसीय विधामा शुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका कूल ६ सहभागी छन् । चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र आधुनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्दैछन् । छ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइनेछ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्नेछ ।

    समूह ‘ए’ मा चितवन क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर र बेलचोक क्रिकेट क्लब भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधुनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लब रहेका छन् ।

    प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.