सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन प्रधानमन्त्री केपी शर्मा ओलीकोआग्रह


  •    न्युजभित्तो/२८ माघ २०७७, बुधबार १४:२४ 
  • काठमाडौं,२८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने ।’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, ‘ अख्तियारसँग अपराधी थर्कमान हुनै पर्दछ तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो पनि बन्नुपर्दछ ।’ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउँदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नहुने उनको सुझाव थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.