सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चलचित्र पत्रकार संघ चितवनको साधारणसभामा कलाकार र पत्रकार सम्मानित


  •    न्युजभित्तो/२५ माघ २०७७, आईतवार १८:०५ 
  • चितवन, २५ माघ । चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

    चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ । श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी, पत्रकारितामार्फत चलचित्र क्षेत्रको उन्नयनमा टेवा पु¥याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । सम्मानित सबैलाई पाँच हजार ५५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्लाबाट सम्मान गरिएको हो ।

    साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारितासँगै धेरै क्षेत्रमा कलम चलाएको बताउनुभयो । कलाकार र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेको क्षेत्रमा नेपाली कालाकारिता क्षेत्रको शीर उँचो हुने उहाँको भनाइ थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले रङ्ग पत्रकारहरु पनि नेपाल पत्रकार महासंघको एशोसिएट सदस्य भएको उल्लेख गर्दै सहकार्य गरेर नेपाली पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले विट पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्नुभयो । विट पत्रकारिता हुँदै गर्दा चितवनमा चलचित्र पत्रकारहरुको भूमिका अझै बढेको उहाँहरुको भनाइ थियो ।

    कार्यक्रममा सम्मानीतहरुको तर्फबाट कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकार विजय आवाज र किशोर खनालले मन्तव्य राख्नुभएको थियो । साधारणसभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले जानकारी दिनुभयो ।

    त्यसैगरी चाँडै नै राष्ट्रिय स्तरको कार्यशाला गर्ने निर्णय समेत भएको पोखरेलले जानकारी दिनुभयो । पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.