सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाखौँ पटक हेरियो विष्णुबाबुको ‘तस्विर’


  •    /१९ जेष्ठ २०७६, आईतवार २२:०५ 
  • चितवन । भरतपुर– १३ का विष्णुबाबु देवकोटाको ‘तस्विर’ लाखौँ पटक हेरिएको छ । मुक्तक  एवम् गीतलेखनमा अब्बल देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन । सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको ‘तस्विर’ बोलको गीतको भिडियो लाखौं पटक  हेरिएको हो । युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमानै दर्शक, स्रोतामाझ लोकप्रिय बनेको छ ।

    भर्खरै सम्पन्न  द भ्वाईस अफ नेपाल रियलिटी शो मा निर्णायक र प्रशिक्षकको  समेत भूमिकामा रहेका गायक सनुप पौडेल तथा सुमधुर स्वरकि धनि गायिका निशा कँडेलको स्वरमा सजिएको उक्त गीतको भिडियो लाखौं पटक हेरिसकिएको छ । छोटो समयमा नै अत्यधिक रुचाईएको उक्त गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

    थोरै शङ्का, थोरै अविश्वास तर  धेरै माया र भरोषा मिसिएको उक्त गीतमा  छिट्टै बाजा बजाएर बिहे गर्ने कुरा गर्दै पूजा र आकाश  रोमान्स गरिरहेको  देख्न सकिन्छ । सङ्गीतकार टिका दाहालको सुमधुर सङ्गी तथा वरिष्ठ सङ्गीत संयोजक राहुल प्रधानको  एरेन्ज रहेको उक्त गीतलाई  निकेश खड्काले  निर्देशन गरेका हुन् । गायिका निशा कंडेलको आफ्नै यु ट्युव च्यानलबाट  सार्वजनिक गरिएको उक्त भिडियोमा के बि ए ग्लोबल एजुकेशन एण्ड माईग्रेसन कन्सल्टेन्सिको प्रस्तुति रहेको छ।

    गीतकार देवकोटाका यसअघि पनि दर्जनौं गीतहरु बजारमा आईसकेका छन् । उनको एल्बम ‘रित्तो याद’ पनि अत्यधिक रुचाईएको एल्बम हो । यसअघिका गीतहरुलाई पनि दर्शक तथा श्रोताहरुले माया गरेको बताउँदै देवकोटाले यो गीतलाई पनि दर्शक, स्रोताहरुले  मन पराएकोमा खुसी व्यक्त गरे। देवकोटाका अनुसार गीतले  प्रेमी प्रेमिकाबीचको प्रेमिल सम्बन्धलाई सरल तथा सरस किसिमले  शब्दमा उतार्ने प्रयास गरिएको छ । यसैकारण पनि  यो गीत युवा पुस्तामा बढि रुचाइएको हो ।

    पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.