सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाखौँ पटक हेरियो विष्णुबाबुको ‘तस्विर’


  •    /१९ जेष्ठ २०७६, आईतवार २२:०५ 
  • चितवन । भरतपुर– १३ का विष्णुबाबु देवकोटाको ‘तस्विर’ लाखौँ पटक हेरिएको छ । मुक्तक  एवम् गीतलेखनमा अब्बल देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन । सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको ‘तस्विर’ बोलको गीतको भिडियो लाखौं पटक  हेरिएको हो । युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमानै दर्शक, स्रोतामाझ लोकप्रिय बनेको छ ।

    भर्खरै सम्पन्न  द भ्वाईस अफ नेपाल रियलिटी शो मा निर्णायक र प्रशिक्षकको  समेत भूमिकामा रहेका गायक सनुप पौडेल तथा सुमधुर स्वरकि धनि गायिका निशा कँडेलको स्वरमा सजिएको उक्त गीतको भिडियो लाखौं पटक हेरिसकिएको छ । छोटो समयमा नै अत्यधिक रुचाईएको उक्त गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

    थोरै शङ्का, थोरै अविश्वास तर  धेरै माया र भरोषा मिसिएको उक्त गीतमा  छिट्टै बाजा बजाएर बिहे गर्ने कुरा गर्दै पूजा र आकाश  रोमान्स गरिरहेको  देख्न सकिन्छ । सङ्गीतकार टिका दाहालको सुमधुर सङ्गी तथा वरिष्ठ सङ्गीत संयोजक राहुल प्रधानको  एरेन्ज रहेको उक्त गीतलाई  निकेश खड्काले  निर्देशन गरेका हुन् । गायिका निशा कंडेलको आफ्नै यु ट्युव च्यानलबाट  सार्वजनिक गरिएको उक्त भिडियोमा के बि ए ग्लोबल एजुकेशन एण्ड माईग्रेसन कन्सल्टेन्सिको प्रस्तुति रहेको छ।

    गीतकार देवकोटाका यसअघि पनि दर्जनौं गीतहरु बजारमा आईसकेका छन् । उनको एल्बम ‘रित्तो याद’ पनि अत्यधिक रुचाईएको एल्बम हो । यसअघिका गीतहरुलाई पनि दर्शक तथा श्रोताहरुले माया गरेको बताउँदै देवकोटाले यो गीतलाई पनि दर्शक, स्रोताहरुले  मन पराएकोमा खुसी व्यक्त गरे। देवकोटाका अनुसार गीतले  प्रेमी प्रेमिकाबीचको प्रेमिल सम्बन्धलाई सरल तथा सरस किसिमले  शब्दमा उतार्ने प्रयास गरिएको छ । यसैकारण पनि  यो गीत युवा पुस्तामा बढि रुचाइएको हो ।

    पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.