चितवन । मानवअधिकार सञ्जाल चितवनको संयोजकमा राजेन्द्र पौडेल चयन हुनुभएको छ । सञ्जालको आज बसेको बैठकले जिल्लामा मानवअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल पौडेललाई संयोजकको जिम्मेवारी दिएको हो ।
पौडेलले मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । सञ्जालमा यसअघि मानवअधिकारकर्मी विनोद खण्ड तिमिल्सिना संयोजक हुनुहुन्थ्यो । मानवअधिकार सञ्जाल चितवनमा आवद्ध सदस्य संस्थाबाट आलोपालोको आधारमा संयोजक चयन गर्ने गरिन्छ । पौडेललाई निवर्तमान संयोजक तिमिल्सिनाले आजै पद हस्तान्तरण गर्नुभएको छ ।
सञ्जालका संयोजक पौडेलले जिल्लामा मानवअधिकारको रक्षा एवम् मानवअधिकार जागरणका लागि आफुले सक्दो योगदान गर्ने बताउनुभयो । मानवअधिकार सञ्जाल चितवनमा जिल्लामा क्रियाशिल झण्डै दर्जन मानवअधिकार संघ संस्था आवद्ध छन् ।