सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पन्ध्र करोडको लागतमा भ्यू टावर बन्दै


  •    /१८ जेष्ठ २०७६, शनिबार १९:५९ 
  • हेटौँडा । पर्यटन विकासका लागि मकवानपुरको गढी गाउँपालिकामा १५ करोड रुपैयाँको लागतमा १७ तले दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण हुने भएको छ ।

    मकवानपुर गढी गाउँपालिका–४ को मनकामना मन्दिरनजिक भ्यू टावर निर्माण प्रक्रिया अगाडि बढाइएको व्यवसायी एवम् निर्माणकर्ता राजाराम बोगटीले जानकारी दिनुभयो । एक वर्षभित्र स्तम्भ निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

    नेपालमा पहिलो पटक लिफ्टसहितको भ्यू टावर निर्माण शुरु भएको उहाँको भनाइ छ । भ्यू टावर निर्माणले मकवानपुर गढीमा पर्यटक बढ्ने र व्यवसाय बढ्ने स्थानीय रामप्रसाद आचार्यको भनाइ छ ।

    यसैबीच, भिमफेदी गाउँपलिका–६ मा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण एवं पुनःनिर्माण कार्य अगाडि बढाइएको छ । चिसापानी गढीको संरक्षणको लागि ४६ लाख रुपैयाँको लागतमा काम शुरु भएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । संरक्षण कार्यक्रमअन्तर्गत भत्किएको भग्नावशेष भवनको निर्माण र बाटो निर्माण, सरसफाइलगायत सुरक्षाको लागि तारजाली लगाउने काम भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.