हेटौँडा । पर्यटन विकासका लागि मकवानपुरको गढी गाउँपालिकामा १५ करोड रुपैयाँको लागतमा १७ तले दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण हुने भएको छ ।
मकवानपुर गढी गाउँपालिका–४ को मनकामना मन्दिरनजिक भ्यू टावर निर्माण प्रक्रिया अगाडि बढाइएको व्यवसायी एवम् निर्माणकर्ता राजाराम बोगटीले जानकारी दिनुभयो । एक वर्षभित्र स्तम्भ निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बताइएको छ ।
नेपालमा पहिलो पटक लिफ्टसहितको भ्यू टावर निर्माण शुरु भएको उहाँको भनाइ छ । भ्यू टावर निर्माणले मकवानपुर गढीमा पर्यटक बढ्ने र व्यवसाय बढ्ने स्थानीय रामप्रसाद आचार्यको भनाइ छ ।
यसैबीच, भिमफेदी गाउँपलिका–६ मा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण एवं पुनःनिर्माण कार्य अगाडि बढाइएको छ । चिसापानी गढीको संरक्षणको लागि ४६ लाख रुपैयाँको लागतमा काम शुरु भएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । संरक्षण कार्यक्रमअन्तर्गत भत्किएको भग्नावशेष भवनको निर्माण र बाटो निर्माण, सरसफाइलगायत सुरक्षाको लागि तारजाली लगाउने काम भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।