सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन रङ्ग पत्रकार र एक कलाकारलाई पुरस्कार


  •    न्युजभित्तो/१३ माघ २०७७, मंगलवार १५:५० 
  • चितवन, १३ माघ । चलचित्र पत्रकार सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने छ ।

    सचिव आनन्द पोखरेलका अनुसार साधारणसभामा फरक–फरक चार वटा विधामा पाँच हजार ५५५ रुपैयाँ राशिका पुरस्कार प्रदान गर्न लागिएको छ । साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आउनुभएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान गरिदै छ । त्यस्तै एजुर अभियसन सक्रिय पत्रकारिता पुरस्कारबाट चितवन पोष्टका किशोर खनाल, नन्दप्रसाद–सुशीला युवा पत्रकारिता पुरस्कारबाट एजटुडेज समाचारका सुशील पन्त र सेन्ट्रल कलेज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका विजय आवाजलाई पुरस्कृत गर्न लागिएको हो ।

    साधारणसभाको तयारी तीव्र गतिमा भइरहेको संघका जिल्ला अध्यक्ष रवि अधिकारीले जानकारी दिनुभयो । जिल्लामा रहेर चलचित्र पत्रकारिता गर्दै आइरहेका व्यक्तिहरुलाई संघको सदस्यता लिन प्रेरित गर्दै नयाँ सदस्यता आह्वान गरिएको समेत अधिकारीको भनाइ छ । चलचित्र पत्रकार संघ चितवनले चाँडै नै केन्द्रीय स्तरको चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । गत जेठनै पुरस्कार घोषणा गरिएको भए पनि देशमा जारी कोरोना सङ्क्रमणको त्रासका कारण पुरस्कार वितरणमा ढिलाइ भएको हो । साधारणसभाको प्रमुख अतिथिका रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई बोलाउने तयारी भइरहेको अधिकारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.