सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रङ्गशालाको बार भत्काउने कँडेल र बस्ताकोटीलाई नेकपाको कारवाही, पार्टीबाटै निलम्बन


  •    /१६ जेष्ठ २०७६, बिहीबार १२:५० 
  • चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाई भत्काउने कार्यमा संलग्न भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चितवनले दुई कार्यकर्तालाई सदस्यबाट निलम्बन गरेको छ । नेकपाले भरतपुर–१६ निवासी प्रकाश कँडेल घटनाका मुख्य नाइके रहेका पनि उल्लेख गरेको छ ।

    नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ले आज प्रेस विज्ञप्ति जारी गरी प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरेको र अर्का पार्टी सदस्य भैरब बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जनाउनु भएको छ । उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विज्ञप्तिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उद्दण्ड व्यक्तिहरुले डोजर लगाई भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषी उपर कानुनी कारवाही अगाडि बढाई क्षतिपूर्ति भराउनसमेत सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा रङ्गशाला निर्माण कार्यको संयोजन गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै साथ र सहयोगका लागि पार्टी हरदम तयार रहेको प्रतिबद्धता पनि जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.