सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रङ्गशालाको बार भत्काएको आरोपमा पक्राउ पर्ने प्रकाश कँडेल को हुन् ?


  •    /१६ जेष्ठ २०७६, बिहीबार ११:५९ 
  • चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पश्चिमतर्फ लगाइएको जस्ताको बार भत्काएको आरोपमा प्रहरीले नेकपाका स्थानीय नेताहरु प्रकाश कँडेल र भैरब बस्ताकोटीलगायत १७ जनालाई पक्राउ गरेको छ ।

    कँडेल तत्कालीन माओवादी केन्द्रका १६ नम्वर इन्चार्ज थिए भने बस्ताकोटी तत्कालीन माओवादी केन्द्रकै १९ नम्वर इन्चार्ज थिए । कँडेल तत्कालीन माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सचिव पनि भएका थिए ।

    प्रहरीले कँडेललाई हिजो राति १० बजे पक्राउ गरेको हो । अन्य १६ जना भने हिजो दिउँसो नै पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ ।

    प्रकाश कँडेल र भैरब बस्ताकोटी उक्त क्षेत्रमा तत्कालीन माओवादी केन्द्र र हालको नेकपाका प्रभावशाली युवा नेता मानिन्छन् । गएको निर्वाचनमा भरतपुर महानगर प्रमुखमा रेनु दाहाललाई चुनाव जिताउन उनीहरुले ठूलो गुन लगाएका थिए । स्रोत भन्छ– ‘कँडेल र बस्ताकोटीले महानगर प्रमुख दाहाललाई चुनाव जिताउन ठूलो गुन लगाएका छन्, त्यसैले उनीहरुमाथि कारवाही होला कि नहोला या के कारवाही होला भन्ने चाहिँ उत्सुकताको विषय छ ।’

    यसैबीच, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यको संयोजन गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले विज्ञप्ति प्रकाशित गरि रङ्गशाला निर्माणको काम स्थगित गरिएको जनाएका छन् । कामदार, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थिति उत्पन्न भएकोले यसको स्थायी समाधान र काम गर्ने वातावरण नभएसम्म परियोजनाको काम स्थगित गरिएको उनले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.