सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“लगानीका लागि बजेट उदार, शिक्षा क्षेत्रमा आशा जगायो”


  •    /१५ जेष्ठ २०७६, बुधबार २१:१६ 
  • तिलकराम रिमाल

    चितवन । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट लगानीका लागि उदार रहेको र शिक्षा क्षेत्रमा आशा जगाएको यहाँका उद्योगी, व्यवसायी र शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् । बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेकोले कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुको भनाई छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य डा. तिलचन्द्र भट्टराईले समग्रमा बजेट राम्रो आएको बताउनुभयो । पूर्वाधारमा बढी जोड दिईएको बताउँदै उहाँले आर्थिक लक्ष्य ८.५ प्रतिशतको लिनु उत्साहजनक भएको बताउनुभयो ।

    पोल्ट्री व्यवसायीसमेत रहनु भएका डा.भट्टराईले खेतीयोग्य जमिनको चक्लाबन्दी, फलफूलको उत्पादन दोब्बर बनाउने, बीऊमा अनुदान जस्ता विषयले कृषि क्षेत्रको उत्पादन बढाउन प्रोत्साहन गरेको बताउनुभयो । उहाँले तयारी वस्तु र कच्चा पदार्थको आयातमा एक तहको भिन्नता कायम गर्न खोजिएको बताउँदै त्यसले उत्पादन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

    बजेट समाजवादको बाटोतर्फ उन्मुख भएको बताउँदै उहाँले बजेटले अगाडि बढ्न नसकेको समुदाय, बृद्ध, अपाङ्ग, बालबालिका जस्ता क्षेत्रमा जुन रुपमा सम्बोधन गरेको छ, त्यो स्वागतयोग्य भएको बताउनुभयो । स्वास्थ्यमा हानी पु¥याउने बाहेकका वस्तुमा कर नबढाईएको बताउँदै उहाँले करको दायरा फराकिलो बनाउनु बजेटको सकारात्मक पक्ष रहेको बताउनुभयो ।

    पूँजीगत खर्च हुन नसक्नु कमजोरी पक्ष रहेको बताउँदै उहाँले आगामी वर्ष पूँजीगत खर्च लक्ष्य अनुसार गर्न सकेमा त्यसपछिका वर्ष दुई अंकको आर्थिक बृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

    शिक्षाविद् रमाकान्त सापकोटाले समग्रमा बजेट राम्रो रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा बजेट बृद्धि गरिएको बताउँदै उहाँले गणित र विज्ञान शिक्षकको अभाव पूर्ति गर्न गरिएको सम्बोधन सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । समग्र शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब बजेट विनियोजन भएको बताउँदै उहाँले भन्नुभयो “यसबाट शिक्षा क्षेत्रमा राम्रो आशा जगाएको छ ।”

    आफू शिक्षक दरबन्दी मिलान समितिमै बसेर हिसाब गर्दा पनि विगतको भन्दा केही अर्ब बजेट बढाउन सकियो भने दरबन्दी मिलान गर्न सकिने देखिएको बताउँदै शिक्षाविद् सापकोटाले त्यसलाई बजेटले सम्बोधन गर्न खोजेको बताउनुभयो ।

    सामाजिक सुरक्षामा बृद्धि गरिएको बजेटले २५ लाख हाराहारी जनसंख्या प्रत्यक्ष लाभान्वित भएको बताउँदै उहाँले भन्नुभयो “कर्मचारीको तलब बृद्धिसँगै निजी क्षेत्रमा पनि तलब बृद्धि हुन्छ, यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

    मूल्यबृद्धि स्वभाविक रुपमा हुने बताउँदै उहाँले तर अस्वाभाविक मूल्यबृद्धि सरकारले रोक्नुपर्ने बताउनुभयो । सबै बजेटहरु सतप्रतिशत कार्यान्वयन हुन नसक्ने बताउँदै उहाँले पूँजीगत खर्च अधिकतम खर्च गर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ, चितवनका निवर्तमान अध्यक्ष राजन गौतमले बजेटले राष्ट्रिय उत्पादनलाई जोड दिनु सकारात्मक रहेको बताउनुभयो । स्वदेशी उद्योग र उत्पादनलाई बजेटले टेवा दिन खोजेको बताउँदै उहाँले यसले व्यापार घाटा कम गराउने आशा व्यक्त गर्नुभयो ।

    रेमिट्यान्सलाई पूँजीमा परिणत गर्ने नीति अझै आउन नसकेको बताउँदै उहाँले सामाजिक सुरक्षाका नाममा जाने बजेट माथिल्लो वर्गसम्म पनि पुग्ने परिपाटीको अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “पजेरो चढेर बृद्ध भत्ता बुझ्न जाने परिपाटी अन्त्य हुनुपर्छ ।” सामाजिक सुरक्षाका कार्यक्रमहरु लक्षित वर्गसम्म पुग्न नसक्ने गरेको बताउँदै उहाँले भन्नुभयो “बजेटले सामाजिक सुरक्षाका कार्यक्रम लक्षित वर्गसम्म पु¥याउने मेकानिजम बनाउन सकेन ।”

    कृषि क्षेत्रमा गरिएको सम्बोधन सकारात्मक रहेको बताउँदै उहाँले भन्नुभयो “गतवर्षभन्दा लगानीका हिसाबले बजेट उदार छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.