सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघ १ गतेदेखि “एउटा यस्तो प्रेम कहानी”


  •    न्युजभित्तो/१८ पुष २०७७, शनिबार १७:५४ 
  • काठमाण्डौं, १८ पुस । कोरोना भाईरस (कोभिड १९) का कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुर्मुराउन थालेको छ । यसैबीचमा एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिजसँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ।

    शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योगसम्म डोर्‍यायो । पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाई लियो। यसरी नेपाली र बिदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिले अहिने नेपाली फिल्म उद्योग झन्डै कोमामा पुगेको परिस्थितिमा फिल्म रिलिज गरी नेपाली फिल्म उद्योगलाई टेवा पु¥याउँ भनेका कारण निर्माण पक्ष त्यसैमा सहमत भएर फिल्म रिलिज गर्न लागेको बताइएको छ।

    अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गर्नुभएको छ।

    फिस्टेल मुभिजको ब्यानरमा बनेको यश फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुनुहुन्छ । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सहनिर्माताहरु हुनुहुन्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.