सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्र दिवसको अवसरमा चितवनमा प्रभातफेरी कार्यक्रम सम्पन्न


  •    /१५ जेष्ठ २०७६, बुधबार १३:५६ 
  • चितवन । गणतन्त्र दिवसको अवसरमा आज चितवनमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको प्रभातफेरीमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, विभिन्न पेशा व्यवसायी, समाजसेवीलगायत सर्वसाधारणको सहभागिता थियो ।

    भरतपुरको चौबीसकोठीबाट गेष्टहाउस चौरसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीपछि भएको कार्यक्रममा वक्ताहरुले गणतन्त्र संस्थागतसँगै मुलुक समृृद्धितर्फ अघि बढेको बताएका छन् । उनीहरुले समृद्धिका लागि सबै एक हुनुपर्नेमा पनि जोड दिए ।

    प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले सरकार समृद्धिको यात्रामा लागेको भन्दै विकासमा पक्ष र विपक्ष हुन नहुने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गणतन्त्र संस्थागत हुनका लागि देशमा समृद्धि आवश्यक रहेको भन्दै सरकार त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

    समारोहमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबै राष्ट्रसेवकहरुले इमान्दारीपूर्वक काम गरेर जनतालाई गणतन्त्रको आभास दिलाउनुपर्ने बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.