सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकगायक पशुपति शर्माले कोरोना महामारीका बेला स्टेज कार्यक्रम ठप्प हुदा गीत सिर्जनामा जोश नआएको


  •    न्युजभित्तो/१५ पुष २०७७, बुधबार १४:१४ 
  • काठमाडौँ , १५ पुस । लोकगायक पशुपति शर्माले कोरोना महामारीका कारण मेला–महोत्सव तथा स्टेज कार्यक्रम ठप्प भएपछि गीत सिर्जनामा पनि जोश नआएको बताएका छन् । ‘केही गीतहरु त ल्याइरहेको छु’, शर्माले एक अन्तर्वार्तामा भने–‘तर सांगीतिक कार्यक्रमहरु नभएपछि सिर्जनामा जाँगर मर्दोरहेछ ।’

    हिजोआज पनि धेरैले गीत सिर्जनाका लागि आग्रह गर्ने गरेको तर आफूलाई पहिलेजस्तो जाँगर नचलेको पशुपतिले बताए । कोरोना भाइरसका कारण सांगीतिक क्षेत्रमा पनि ठूलो असर परेको उनको भनाई छ । पशुपतिले स्टेज कार्यक्रमबाट नै जीवन पाल्दै आएका सर्जकलाई कोरोनाले बढी मारमा पारेको बताए ।

    संसद् विघटन गरेसँगै गायक पशुपतिले ‘कठै मेरो देश’ बोलको समसामयिक गीत सार्वजनिक गरेका थिए । यस्तै, उनले केही समय अगाडि कोरोना भाइरस सम्बन्धी ‘म मरे भने’ बोलको सन्देशमूलक गीत ल्याएका थिए ।

    स्टेज कार्यक्रममा पशुपति शर्मा अत्याधिक व्यस्त हुने गायक हुन् । कोरोनाका कारण स्टेज कार्यक्रम बन्द भएपछि धेरै लोकदोहोरी गायक–गायिकाले बैकल्पिक पेशा पनि अपनाउँदै आएका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.