सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होउ यान्छीले नेपाली नेता भेट्दा दिल्लीमा तरंग


  •    न्युजभित्तो/१२ पुष २०७७, आईतवार १०:२२ 
  • काठमाडौं, १२ पुस । केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् ।

    उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको भेटले नयाँ दिल्लीमा एक खालको तरंग सिर्जना गरेको छ ।

    भारतीय सञ्चार माध्यमहरुले चिनियाँ राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको उल्लेख गरेका छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धी समाचारलाई पनि उनीहरुले निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

    भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपालाई फुट्नबाट जोगाउन अन्तिम प्रयास गर्ने उदेश्यले चिनियाँ राष्ट्रपतिले विशेष टिम पठाउन लागेको उल्लेख गरेको छ ।

    काठमाडौंस्थित चिनियाँ राजदूतले नेपालका प्रमुख नेताहरुलाई भेटेपछि सो टिम पठाउन लागेको पत्रिकाले उल्लेख गरेको छ ।

    त्यसैगरी भारतको अंग्रेजी अनलाइन दि प्रिन्टले नेकपालाई पुन एकीकृत बनाउने प्रयास सफल नुहने र चीनले व्यर्थको प्रयास गरिरहेको उल्लेख गरेको छ । त्यसैगरी दि हिन्दु पत्रिकाले पनि सो सम्बन्धी समाचारलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेको छ ।

    अन्य विभिन्न भारतिय संचारमाध्यमहरुले पनि चिनियाँ राजदूतको भेटघाटलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेका छन् । त्यसैगरी भारतका विभिन्न थिंक ट्याङकहरुले समेत चिनियाँ राजदूतको भ्रमणलाई निकै उत्सुकतामा साथ हेरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.