सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुपरहित फिल्म ‘छक्का पन्जा–३’ युट्युव ट्रेन्डिङमा


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार १२:१४ 
  • काठमाडौं, ९ पुस । सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ ।

    समाचार तयार गर्दासम्म फिल्मले ६ लाख ५०,०००बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको छैठौं स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म फिल्मले ३२ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

    प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.