सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा भरतपुरमा दीप प्रज्वलन


  •    /१३ जेष्ठ २०७६, सोमबार २२:१२ 
  • चितवन । पत्रकार एवम् प्रगतिशिल साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसको अवसरमा प्रेस सङ्गठन, चितवनको आयोजनामा आज साँझ भरतपुरमा दीप प्रज्वलन गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी एवम् सर्वसाधारण नागरिकको सहभागिता थियो ।

    पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको तत्कालीन शाही सरकारले २०५९ साल जेठ १३ गते काठमाडौँको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर हत्या गरेको थियो ।

    दीप प्रज्वलन कार्यक्रममा प्रदेश साँसद एवम् नेकपा ३ नम्वर प्रदेश कमिटीका सदस्य घनश्याम दाहाल ‘अविनास’ र नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ले स्वर्गीय इच्छुकले परिवर्तनका लागि पत्रकारिता र साहित्यमार्फत पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

    त्यस अवसरमा स्वर्गीय इच्छुकको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय कृष्ण गिरी, सिर्जना अर्याल, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु सुरेशचन्द्र अधिकारी, शालिग्राम नेपाल, शिशिर सिंखडा, अनन्त प्रकाश सुवेदी, पत्रकार महासंघ ३ नम्वर प्रदेश कमिटीका सदस्यहरु रामकान्त पौडेल, प्रवीण बराल, कोमलचन्द्र भगत, पत्रकार महासंघ चितवनका उपाध्यक्षद्वय नारायण अधिकारी, शान्ता अधिकारी, प्रेस युनियनका केन्द्रीय सचिव केबि राना, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, फोनिजका केन्द्रीय सदस्य राजु चौधरी, जिल्ला अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, अधिकारकर्मी मिना खरेललगायत विभिन्न संघ संगठनका प्रतिनिधि र सर्वसाधारणले पत्रकार स्वर्गीय इच्छुकको स्मृतिमा दीप प्रज्वलन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.