सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रजत वर्षको अवसरमा प्रेस युनियनको वाकाथुन, ठूलो संख्यामा सहभागिता


  •    /१३ जेष्ठ २०७६, सोमबार ११:५४ 
  • भरतपुर ।

    नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्ष शुभारम्भको अवसरमा सोमबार वाकाथुन आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको वाकाथुनमा ठूलो संख्यामा सहभागिता रहेको थियो ।

    “हिडौं, स्वस्थ बनौं” नाराका साथ आयोजित वाकाथुनमा पत्रकार, राजनीतिज्ञ, चिकित्सक, प्राध्यापक, कानुन व्यवसायी, कर्मचारी, जनप्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता रहेको थियो । वाकाथुन गर्दै प्रेस युनियनले आफ्नो रजत वर्षको शुभारम्भ गरेको हो ।

    वाकाथुन प्रारम्भ अघि चौबीसकोठीमा आयोजित संक्षिप्त कार्यक्रममा फिजिसियन डा. भोजराज अधिकारीले नियमित हिँडाईले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउँदै भन्नुभयो “बिहान ताजा हावामा हिँड्दा दिमागदेखि पैतलासम्म शरीरका हरेक अंगलाई फाईदा पुग्छ ।” पत्रकारहरुले समाजलाई सकारात्मक सन्देश दिन वाकाथुन आयोजना गरेकोमा प्रशंसा गर्दै उहाँले स्वस्थ रहनका लागि नियमित हिँड्न सुझाव दिनुभयो ।


    सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले समाजलाई सकारात्मक सन्देश दिने वाकाथुन आयोजना गरेर रगत वर्षको प्रारम्भ गरिएको बताउनुभयो । वर्षभरि नै श्रमजीवि पत्रकारका हकहित र समाज परिवर्तनका लागि विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाईने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रमका संयोजक राजु चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपाका नेता तेजेन्द्र खड्कालगायतको उपस्थिति रहेको सिथयो ।


    रजत वर्षको अवसर पारेर श्रमजीवी पत्रकारहरुको अवस्था र कार्यान्वयन विषयमा अन्तत्र्रिmया, जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग अन्तत्र्रिmया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, चितवनमा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रजको सम्मान, अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारहरुको आँखा तथा दन्त परीक्षणलगायतका विविध कार्यक्रम गर्ने युनियनले जनाएको छ । वाकाथुन नारायणगढको पुलचोकमा पुगेर सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.