चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै सङ्ख्यामा गुडेका छन् ।
बन्दमा आक्रमण हुने त्रासले शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना प्रायः बन्द गरिएका छन् । सुरक्षाकर्मीको गस्ती बढाइएको छ भने ठाउँ ठाउँमा भेटिएका बम तथा शङकस्पद वस्तु सेनाले निष्क्रिय पारेका खबरहरु आएका छन् ।
विप्लब समूहले सरकारले आफ्ना कार्यकर्ताको हत्या तथा धरपकड गरेको भन्दै त्यसको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको विज्ञप्तिमार्फत जनाएको छ । बन्दको पूर्वसन्ध्यामा हिजो राजधानी काठमाडौँमा भएका तीन ठूला विष्फोटमा विप्लबकै चार कार्यकर्ता मारिएका तथा उसका कार्यकर्तासहित नौ जना घाइते भएका घटनाले पनि सर्वसाधारणमा बन्दको बढी प्रभाव परेको हो ।
चितवन
चितवनमा पनि बन्दले जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, यातायात, उद्योगधन्दा बन्द छन् । भित्री सडकमा साना सवारीका साधन हिजोअस्तिको तुलनामा कम चलेका छन् । जिल्लाको मुख्य बजार नारायणगढ, टाँडी, पर्सा, रामपुर, गीतानगरका व्यवसाय बन्द गरिएका छन् । सरकारी कार्यालय खुलेपनि सेवाग्राही निकै कम मात्र आएका छन् ।
सेनाद्वारा बम निष्क्रिय
विप्लब समूहले बन्दलाई लक्षित गरी ठाउँ ठाउँमा राखेको बम तथा शङ्कास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । चितवनको रामपुरस्थित सडकमा भेटिएको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र मकैबाली अनुसन्धान केन्द्रको बीचमा सडकमा प्रेसर कुकर बम भेटिएको थियो ।
सवारी साधनमा आगजनी, बन्दले सास्ती
गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते
कावासोती । नेकपा विप्लब समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि तीन सय मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
मकवानपुरमा दुईवटा ट्रकमा आगजनी
हेटौँडा । नेत्र विक्रम चन्द समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ । हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको भट्टराईले बताउनुभयो । आगजनीबाट मानवीय क्षति भने भएको छैन ।
त्यसैगरी, थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ । नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको छ ।
बसमा आगजनी
सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
(मुख्य तस्विर : आगजनीबाट क्षति भएको हेटौँडाको चौकीटोलमा रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रक । तस्विर : हरि हुमागाईं)
चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै सङ्ख्यामा गुडेका छन् ।
बन्दमा आक्रमण हुने त्रासले शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना प्रायः बन्द गरिएका छन् । सुरक्षाकर्मीको गस्ती बढाइएको छ भने ठाउँ ठाउँमा भेटिएका बम तथा शङकस्पद वस्तु सेनाले निष्क्रिय पारेका खबरहरु आएका छन् ।
विप्लब समूहले सरकारले आफ्ना कार्यकर्ताको हत्या तथा धरपकड गरेको भन्दै त्यसको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको विज्ञप्तिमार्फत जनाएको छ । बन्दको पूर्वसन्ध्यामा हिजो राजधानी काठमाडौँमा भएका तीन ठूला विष्फोटमा विप्लबकै चार कार्यकर्ता मारिएका तथा उसका कार्यकर्तासहित नौ जना घाइते भएका घटनाले पनि सर्वसाधारणमा बन्दको बढी प्रभाव परेको हो ।
चितवन
चितवनमा पनि बन्दले जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, यातायात, उद्योगधन्दा बन्द छन् । भित्री सडकमा साना सवारीका साधन हिजोअस्तिको तुलनामा कम चलेका छन् । जिल्लाको मुख्य बजार नारायणगढ, टाँडी, पर्सा, रामपुर, गीतानगरका व्यवसाय बन्द गरिएका छन् । सरकारी कार्यालय खुलेपनि सेवाग्राही निकै कम मात्र आएका छन् ।
सेनाद्वारा बम निष्क्रिय
विप्लब समूहले बन्दलाई लक्षित गरी ठाउँ ठाउँमा राखेको बम तथा शङ्कास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । चितवनको रामपुरस्थित सडकमा भेटिएको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र मकैबाली अनुसन्धान केन्द्रको बीचमा सडकमा प्रेसर कुकर बम भेटिएको थियो ।
सवारी साधनमा आगजनी, बन्दले सास्ती
गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते
कावासोती । नेकपा विप्लब समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि तीन सय मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
मकवानपुरमा दुईवटा ट्रकमा आगजनी
हेटौँडा । नेत्र विक्रम चन्द समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।
हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको भट्टराईले बताउनुभयो । आगजनीबाट मानवीय क्षति भने भएको छैन ।
त्यसैगरी, थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।
नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको छ ।