सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विलासी जीवनले बढाउँदै मधुमेह रोगी


  •    /१ बैशाख २०७६, आईतवार १३:३२ 
  • चितवन
    बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।
    लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी असन्तुलित खानपानसँगैको विलासी जीवनको कारण दिनहुँ मधुमेह रोगीको संख्या बढ्दै गएको बताउँछन् । मधुमेहकै कारण अन्य नसर्ने रोगहरुबाट समेत मानिस प्रभावित भईरहेको उनको भनाई छ ।
    डा. अधिकारीका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । थप १० प्रतिशत मधुमेहको उच्च जोखिममा रहेका छन् । सन् २०३० सम्म पुग्दा प्रत्येक १० जना मध्ये एक जनामा मधुमेह रोग हुने अनुमान गरिएको उनले बताए ।  हाल विश्वका ७ प्रतिशत मानिसमा मधुमेह रहेको उनले जानकारी दिए ।
    विश्व स्वास्थ्य संगठन (डब्लुटिओ)को आहनमा सन् १९९१ बाट विश्वभर नोवेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाईन्छ ।
    विश्वमा सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी रहेका अधिकारीले बताए । उनले भने “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनले बताए । नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण नेपालमा धुमेहका रोगीहरु ह्वात्तै बढेको उनले बताए ।
    वि.सं. २०६७ सालमा सात जना बिरामीबाट आफूले उपचार शुरु गरेको बताउँदै अधिकारीले अहिले सात हजार हाराहारी मधुमेहका बिरामी आफ्नो निगरानीमा रहेका दावी गरे ।  
    नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको अधिकारी बताउँछन् । लायन्स ईन्टरनेशनले गरेको एक सर्वेक्षणमा चितवनमा यो प्रतिशत १० देखि १२ रहेको उनको भनाई छ । जिल्लाको सौराहामा दुई सय ४४ परिवारमा गरिएको सर्वेक्षणमा ५० परिवारमा मधुमेहका बिरामी भेटिएका थिए ।
    चितवनमा तीब्र गतिमा मधुमेहका रोगी बढ्दै गएका डा. अधिकारीले बताए । मधुमेहले तत्काल हृदयघात, मस्तिष्कघात, मृगौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्ने अधिकारी बताउँछन् । उनले भने “दीर्घकालिन रुपमा पनि मधुमेहले विस्तारै मृगौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मष्तिस्कघातसम्म पु¥याउने खतरा रहन्छ ।” मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्ट्रोल भएका बिरामीलाई हृदयघातको जोखिम बढी हुने उनको भनाई छ ।
    बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अंगहरु आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुका नसाहरुमा असर पु¥याउन नसक्ने उनको भनाई छ ।
    शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, ग्लुकोज, चिनी नभएका स्वास्थ्यबद्र्धक खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान डा. अधिकारीले सुझाव दिएका छन् ।
    उचाइ अनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनले सल्लाह दिए ।  
    मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहार विहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको संख्या बढ्दै गएको बताउँछन् । चिनी, चिल्लो र बोसोयुक्त प्रशोधित खानेकुराहरु नखान उनले सुझाव दिए । सूर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थबाट पनि बच्नु पर्ने देवकोटाले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.