सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुतेकै अवस्थामा हत्या गरी आठ तोला सुन लुटियो


  •    /१२ जेष्ठ २०७६, आईतवार १०:३१ 
  • चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर–१, लङ्कालाइनमा गएराति एक जनाको हत्या भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएको हो । उनको ओछ्यानमै हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

    कालिकाबाट पत्रकार शिशिर सिंखडाले दिनुभएको जानकारी अनुसार मृतक कुमारका छोरा सुमन श्रेष्ठले आफ्ना बुबाको हत्या गरेर ५ तोलाको सिक्री र ३ तोलाको औंठी लुटिएको बताउनुभएको छ । सुमनले बिहान ६ बजे बुबा नउठेपछि ढोका खोल्दा बुबालाई मृत अवस्थामा भेटिएको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा कुनै ठूलो चोट वा रगत बगेको देखिएको छैन ।

    घटनापछि आज बिहानै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

    घटनाको प्रकृति हेर्दा लुटेराले श्रेष्ठको हत्या गरेर उनले लगाएको सुनको सिक्रि र औँठी लुटेर भागेको अनुमान गरिएको छ ।

    मृतक श्रेष्ठ सुतेको कोठामा इटाका टुक्राहरु भेटिएको छ भने उनको मोबाइल र सिरानी भुइँमा खसेको पाइएको छ । विहान घरको अगाडिको ढोका बन्द रहेको र पछाडिको ढोका खुल्लै रहेको मृतकका छोरा सुमनले बताउनुभयो । सुमनले आफुहरु सधैँ घरको माथिल्लो तलामा र बुबा भुइँ तलामा सुत्ने गरेको पनि बताउनुभयो ।

    मृतक कुमारको परिवारका अनुसार उनी बेलुकी ८ बजेतिर घर बाहिर निस्केका थिए भने उनीसँग साढे ८ बजेसम्म फोनमा कुरा भएको थियो । उनी आउन ढिला हुने भएपछि घरका सबै ढोकाहरु बन्द गरी अगाडिको ढोका ढप्काएर मात्र छोडिएको थियो ।

    घटनास्थलमा स्थानीयको भीड लागेको छ । उनीहरुले घटनाको अनुसन्धान गरी हत्यारालाई उम्कन नदिन माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
    एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन
    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
    • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
    • त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
    • छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
    • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.