सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय प्रहरी हतियारसहित किन आए हेटौँडा ?


  •    /११ जेष्ठ २०७६, शनिबार २३:०६ 
  • हेटौँडा । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरीले पशुपति मन्दिरको दर्शन गर्न आएको बताएका र उनीहरुलाई भारत फर्काइएको बताउनुभयो । प्रहरी प्रमुख सिंहले भन्नुभयोे, “गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो ।”

    कानूनी प्रावधानअनुसार भारतीय प्रहरी यसरी हात हतियारसहित नेपाल आउनु गैरकानूनी हो । त्यसो त विहारबाट हेटौँडासम्म अधिकांश स्थानमा प्रहरीको जाँच हुन्छ । उनीहरु कसरी हेटौँडासम्म हात हतियारसहित आए ? यो विषयमा चासोको विषय बनेको छ । उनीहरु सुराकी गर्न आएको पनि हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

    (यो समाचारमा प्रयोग गरिएको तस्विर गुगलबाट लिइएको हो ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.