सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुबई छोडेर मटन भुटन


  •    /११ जेष्ठ २०७६, शनिबार १२:४५ 
  • चितवन । विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने अनुभव गर्नुभएको छ । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुुुहुन्छ ।

    भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो । चोक बजारमै काकाले शुरुआत गरेको होटल उहाँले सम्हाल्नुभयो । होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो मटनको भुटन । उत्साहित हुँदै अधिकारीले भन्नुभयो, “पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।” उहाँको होटलमा दैनिक स्थानीय जातको खसी काटेर भुटनका परिकार बनाइन्छन् ।

    व्यापार बढ्दै गएपछि उहाँ उत्साहित हुँदै जानुभयो । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाउनुभयो । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्नुहुन्छ । श्रीमती अम्बिका र एकजना कामदारले उहाँलाई सघाउँदै आएका छन् । उहाँले भन्नुभयो, “विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।” दुई सन्तान छन् अधिकारीका । छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउनुहुन्छ ।

    एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उहाँको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् । आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भन्नुभयो, “लगन लगाएर काम ग¥यो भने नेपालमै केही गर्न सकिन्छ ।” नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उहाँले गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    • डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.