सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’


  •    /१० जेष्ठ २०७६, शुक्रबार १६:३१ 
  • – अच्यूत रेग्मी

    काठमाडौँ । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो ।

    यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी ‘भटभटे एप’ विकास गरिएको बताइएको छ ।

    “उक्त एप प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्न किन्न सकिन्छ, ‘रिकण्डिसन हाउस’सम्म धाउन पर्दैन”, एएम नेपाल प्रालिका महाप्रबन्धक खेमराज देवकोटाले भन्नुभयो । उक्त एप मोटरसाइकल किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रबन्धक देवकोटाले प्रष्ट गर्नुभयो । उपत्यकामा मात्र झण्डै नौ लाख २१ हजार ९१७ मोटरसाइकलको सङ्ख्या रहेको छ ।

    ‘स्मार्ट एन्ड्रोइड’ फोन हुनेले ‘गुगल प्ले स्टोर’ र ‘आइफोन’ प्रयोगकर्ताले ‘एप स्टोर’मा गएर भटभटे एप जोकोहीले निशुल्क ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गर्नसक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताउनुभयो । हाल यो निःशुल्क छ । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले मोटरसाइकल पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क तिर्नुपर्दछ ।

    “सहज, कम मूल्य र सजिलो सवारी साधनको रूपमा रहेको मोटरसाइकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ”, व्यवस्थापक पाण्डेले भन्नुभयो ।

    हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन् । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीका लागि राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिनुभयो । जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस् र यसलाई व्यवस्थित गर्न सकियोस् भनेर शुल्क तोकिएको बताइएको छ । शुल्क इ सेवा अथवा एपमा रहेको ‘पेमेण्ट गेटवे’को माध्यमबाट तिर्न सकिने छ । काठमाडौँलाई लक्षित गरिएपनि जहाँकहीँबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रबन्धक देवकोटाले बताउनुभयो ।

    बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो ‘युजर रजिस्टे«सन’ गरेपछि ‘भेरिफिकेसन कोड’ मोबाइलमा आउने र ‘कोड एक्टिभ’ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफैँ पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रबन्धक राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । त्यसमा मोटरसाइकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किलोमिटर राख्नुपर्दछ ।

    किन्न चाहनेले उक्त लिस्ट हेरेर मनपरेको मोटरसाइकल ‘क्लीक’ गरेपछि ‘डिस्प्ल¬’े विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्टे«सन गरेर ‘सेलर इन्फो’मा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने प्रालिका परियोजना प्रबन्धक भट्टराईले थप्नुभयो । क्रेताले हेर्न शुल्क तिर्नु पर्दैन तर किन्न प¥यो भने रजिष्ट्रेसन गरेर भेरिफिकेसन कोड हान्नुपर्ने हुन्छ । सूचनाको सुरक्षा र व्यवस्थित गर्न यो तरिका अपनाइएको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.