सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरीलाई करणी आरोपमा बाबु पक्राउ


  •    /१ बैशाख २०७६, आईतवार १३:०० 
  • चितवन / आफ्नै १४ वर्षिया छोरीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक जबरजस्ती करणी गरेको उजुरी छोरीले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार चितवनको खैरहनी नगरपालिका निवासी ३९ वर्षिय ती व्यक्तिलाई नुवाकोटबाट चैत २७ गते पक्राउ गरिएको हो । पक्राउ लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा ल्याई थप अनुसन्धान भईरहेको रेग्मीले बताए ।
    १४ वर्षिया किशोरीले चैत २५ गते ईलाका प्रहरी कार्यालय खैरहनीमा आफ्नै बाबुले तीन महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिईन् । आमाको रोहवरमा दिईएको जाहेरीपछि आरोपी फरार रहेका थिए । सोही जाहेरीका आधारमा उनलाई खोजी गर्दै जाँदा नुवाकोटबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए ।
    ईलाका प्रहरी कार्यालय, खैरहनीका इन्स्पेक्टर धनदेव साउदले सामान्य व्यवसाय गरेर बसेका ती व्यक्तिकी श्रीमती सुत्केरी भएर माईती गएको समयमा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको जाहेरी परेको बताए । घरमा बाबु छोरी मात्रै भएको मौकामा ती व्यक्तिले छोरीलाई पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पछिल्लो पटक चैत २१ गते राती साढे १० बजे बलात्कारको घटना भएको उजुरीमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.