चितवन / आफ्नै १४ वर्षिया छोरीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक जबरजस्ती करणी गरेको उजुरी छोरीले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार चितवनको खैरहनी नगरपालिका निवासी ३९ वर्षिय ती व्यक्तिलाई नुवाकोटबाट चैत २७ गते पक्राउ गरिएको हो । पक्राउ लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा ल्याई थप अनुसन्धान भईरहेको रेग्मीले बताए । १४ वर्षिया किशोरीले चैत २५ गते ईलाका प्रहरी कार्यालय खैरहनीमा आफ्नै बाबुले तीन महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिईन् । आमाको रोहवरमा दिईएको जाहेरीपछि आरोपी फरार रहेका थिए । सोही जाहेरीका आधारमा उनलाई खोजी गर्दै जाँदा नुवाकोटबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय, खैरहनीका इन्स्पेक्टर धनदेव साउदले सामान्य व्यवसाय गरेर बसेका ती व्यक्तिकी श्रीमती सुत्केरी भएर माईती गएको समयमा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको जाहेरी परेको बताए । घरमा बाबु छोरी मात्रै भएको मौकामा ती व्यक्तिले छोरीलाई पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पछिल्लो पटक चैत २१ गते राती साढे १० बजे बलात्कारको घटना भएको उजुरीमा उल्लेख छ ।
चितवन / आफ्नै १४ वर्षिया छोरीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक जबरजस्ती करणी गरेको उजुरी छोरीले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार चितवनको खैरहनी नगरपालिका निवासी ३९ वर्षिय ती व्यक्तिलाई नुवाकोटबाट चैत २७ गते पक्राउ गरिएको हो । पक्राउ लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा ल्याई थप अनुसन्धान भईरहेको रेग्मीले बताए ।
१४ वर्षिया किशोरीले चैत २५ गते ईलाका प्रहरी कार्यालय खैरहनीमा आफ्नै बाबुले तीन महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिईन् । आमाको रोहवरमा दिईएको जाहेरीपछि आरोपी फरार रहेका थिए । सोही जाहेरीका आधारमा उनलाई खोजी गर्दै जाँदा नुवाकोटबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय, खैरहनीका इन्स्पेक्टर धनदेव साउदले सामान्य व्यवसाय गरेर बसेका ती व्यक्तिकी श्रीमती सुत्केरी भएर माईती गएको समयमा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको जाहेरी परेको बताए । घरमा बाबु छोरी मात्रै भएको मौकामा ती व्यक्तिले छोरीलाई पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पछिल्लो पटक चैत २१ गते राती साढे १० बजे बलात्कारको घटना भएको उजुरीमा उल्लेख छ ।