चितवन महोत्सवको नाफाबाट क्रिकेट रङ्गशालालाई साढे ५५ लाख सहयोग, एक करोड दिने प्रतिबद्धता
/१० जेष्ठ २०७६, शुक्रबार १२:३२
चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि साढे ५५ लाख रुपैयाँ सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज नारायणगढमा खर्च विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले महोत्सवमा बचत भएको रकम मध्ये ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर–१५ मा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने जानकारी दिनुभयो ।
क्रिकेट रङ्गशाला निर्माणका लागि तत्काल २० देखि २५ लाख रुपैयाँ उपलब्ध गराइने र पछि बाँकी रकममा पुनः रकम थप गरेर एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्रधानले व्यक्त गर्नुभयो । महोत्सवमा ३ करोड ४४ लाख ५४ हजार १ सय १७ रुपैयाँ आम्दानी र २ करोड ७६ लाख ५४ हजार ३ सय २५ रुपैयाँ खर्च भएको महोत्सवका मूल संयोजक प्रधानले जानकारी गराउनुभयो ।
प्रधानले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनसहित विभिन्न संघ संस्थालाई सहयोगका लागि ७१ लाख १३ हजार रुपैयाँ छुट्याइएको र ६९ लाख ९९ हजार ७ सय ९१ रुपैयाँ महोत्सबबाट बचत भएको बताउनुभयो । गणेशधाम निर्माणका लागि गणेश मन्दिरलाई ५ लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई १ लाख, नेपाल आदिवासी जनजाती महासंघलाई १ लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई ३ लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनमा उद्यान निर्माणका लागि १ लाख, नेवाः पुच नारायणगढलाई ७५ हजार, नारायणी कला मन्दिरलाई ७५ हजार र जिल्ला प्रहरी कार्यालय, चितवनमा विश्रामस्थल निर्माण गर्न २ लाख रुपैयाँ सहयोग गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
उद्योग वाणिज्य संघ, चितवनको अगुवाईमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकासमेत आयोजक रहेको १२औं संस्करणको चितवन महोत्सव २०७५ गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनार, नारायणगढमा गरिएको थियो । प्रधानले महोत्सवमा बचेको रकमको २५ प्रतिशत आय कर १६ लाख ९९ हजार रुपैयाँ आन्तरिक राजस्व कार्यालय, भरतपुरमा बुझाइने पनि बताउनु भयो ।
चितवन महोत्सव २०७५ मूल आयोजक समितिका संयोजक प्रधानका अनुसार भरतपुर महानगरपालिकालाई स्टल कर बापतको ८ लाख ९५ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकिएको छ भने मनोरञ्जन कर ३ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न लागिएको छ । भरतपुर महानगरपालिकाले महोत्सव आयोजक समितिसँग महोत्सव परिसर भाडा बापत दश लाख रुपैयाँ माग गरेको छ । तर समितिले स्टल कर तिरिसकेपछि फेरि परिसर भाडा बुझाउनु दोहोरो भाडा हुने भन्दै उक्त रकम नलिन माग गर्दै भरतपुर महानगरपालिकालाई पत्र लेखेर अनुरोध गरेको संयोजक प्रधानले बताउनुभयो ।
संयोजक प्रधानले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, उद्योग वाणिज्य संघ, चितवनका पूर्व अध्यक्षहरु डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी र प्रचण्डलाल प्रधानले चितवन महोत्सवका आगामी संस्करणहरु अझै परिष्कृत रुपमा आयोजना गरिने बताउनुभयो ।