सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय पर्यटकको भरमा चितवनका पर्यटन व्यवसायी


  •    /९ जेष्ठ २०७६, बिहीबार १८:४७ 
  • चितवन । 
    तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो ।

    व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय हुन् ।

    भारतको सीमाक्षेत्रका प्रमुख शहरसँगै कोलकाता, लखनऊ, कानपुर, पटना, गुजरात, दिल्लीलगायतका क्षेत्रबाट बढी पर्यटक आउने गरेको उहाँले बताउनुभयो । नेपाली सीमाक्षेत्रका बजारमा बसेर भोलिपल्ट दिउँसो यहाँ आइपुग्ने गरी भारतीय पर्यटक आउने गरेका छन् ।

    उनीहरुले यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्जलगायत यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यमा रमाउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट, त्रिवेणीधाम, शाश्वतधामलगायतका धार्मिकस्थलमा भारतीय जाने गरेका छन् । घिमिरेले दैनिक ६०० हाराहारीमा पर्यटक आएको बताउनुभयो । मेको अन्तिम सातादेखि अगस्तसम्म पर्यटक कम आउने गर्दछन् ।

    सौराहाको सेभेनस्टार र होटल वेष्टउड सञ्चालन गर्दै आउनुभएका माधव दुवाडीले अहिलेको बुकिङको अधिकांश पर्यटक भारतीय रहेको बताउनुभयो । उहाँका अनुसार बेमौसमको समयमा भारतीय पर्यटकले होटलको खर्च धान्न सहयोग पुग्छ । यो मौसममा भारतीयसँगै चिनियाँ र स्वदेशी पर्यटक हुने गर्दछन् ।

    पोखरा र चितवनको मेघौलीमा होटल बाराही सञ्चालन गर्दै आउनुभएका पर्यटन बोर्डका सदस्य विप्लव पौडेल आफैँले गाडी चलाएर आउने भारतीय धेरै रहेको बताउनुहुन्छ । धार्मिक यात्रामा समेत भारतीय आउने गरेको उहाँले बताउनुभयो ।

    सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार ५०० कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.