सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति


  •    /९ जेष्ठ २०७६, बिहीबार १८:४२ 
  • भरतपुर ।

    वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ ।

    निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ताल निर्माण र संरक्षणका लागि रु एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बाँकी ताल र पोखरीको काम असारभित्र सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो । ढकालले प्रत्येक ताल र पोखरीमा रु दुई लाख खर्च गरिएको जानकारी दिनुभयो ।

    ताल र पोखरीको स्तरोन्नति गर्दा पानीको स्रोत व्यवस्थापन, पुरिएको माटो निकाल्ने, जलकुम्भी झार व्यवस्थापन, चुरेबाट आएको माटोका ढिस्को प्राकृतिक ताल र पोखरीमा छेकबार गर्ने काम गरिएको छ । वन्यजन्तुका लागि नियमितरूपमा आवश्यक पर्ने पानीको अभाव हुने हुँदा स्थायी पानीका स्रोतहरुसँगै अन्य स्थानमा खानेपानीका लागि, वन्यजन्तुलाई आहाल बस्ने प्रयोजनका लागि र वन डढेलो नियन्त्रण समेतको लागि यस कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जनावरको मुख्य बासस्थानको छेउछाउको स्थान पहिचान गरी पोखरी निर्माण गरिएको हो ।

    निकुञ्जमा साना–ठूला २०० बढी ताल र पोखरी छन् । पोखरीमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन् । निकुञ्जमा रहेका सबै वन्यजन्तुका लागि पानी आवश्यक पर्दछ । निकुञ्जमा लामीताल, देवीताल, तमोरतालजस्ता ठूला पर्यटकीय महत्व बोकेका तालसमेत छन् । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आसपासका सामुदायिक वनले पनि पानीको स्रोत व्यवस्थापनलाई प्रथामिकतामा राखेर काम गरिरहेको निकुञ्जले जनाएको छ । बाढी र जलवायु परिवर्तनका कारण मुल सुक्नुका साथै ताल र पोखरीको प्राकृतिक संरचना बिग्रिएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.