सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१०८ बाट ६३ किलोमा कसरी आइन् मोडेल रोजी ?


  •    /८ जेष्ठ २०७६, बुधबार १२:२३ 
  • मोटोपन अहिले धेरैको टाउको दुखाई हुने गरेको छ । त्यसमा पनि ग्ल्यामर क्षेत्रमा लागेकाहरुका लागि झनै ठूलो समस्या हो । ग्ल्यामर दुनियाँ, जहाँ सुन्दरता नै करियर बन्छ । त्यसैले आफ्नो सुन्दरता र शरीरको ख्याल राख्नु सबैका लागि जरुरी हुन्छ। यति मात्रै होइन, मोडलिङको दुनियाँमा अहिले मोटो मान्छे पनि मोडल हुने प्रचलन छ अचेल । मोटो मान्छेका लागि लुगाको बिज्ञापन गर्दा पातलाको के काम ? त्यसैले यस्तै मान्छेलाई मोडलका रुपमा प्रस्तुत गरिन्छ ।

    रोजी मेरक्याडो नामकी मोडलले पनि मोटी भएकै कारण मोडलिङ गरिरहेकी थिइन ्। मोटा महिलाका लागि उनी बिज्ञापन गर्थिन् । मोटो भएर राम्रै काम पाइरहेपनि उनलाई जीवनदेखि खुशी मिलेन । उनले मोटोपन घटाउने प्रण गरिन् । कुनै समय १०८ किलो वजन भएकी उनी अहिले ६३ किलोकी छिन । उनले ४५ किलो वजन घटाइन् ।

    उनका अनुसार उनले जुम्बा र दौडने काम सबैभन्दा धेरै गरिन् । डायटिङ पनि गरिन् । खानामा धेरै सागसब्जी खाइन् । पेय पदार्थमा सक्दो प्राकृतिक र अग्र्यानकि रोजिन् ।

    “एक्सरसाइज त केही समय कडा गर्नैपर्यो,” उनी भन्छिन्, “जुम्बा एक प्रकारको एरोबिक्स डान्स हो । जहाँ संगीतसँगै नाँचिन्छ । असिनपसिन भएपनि रमाइलो लाग्छ र नाँच्न मन लागिरहन्छ । त्यसैले सुरुमा एक्सरसाइज गर्ने बानी पार्न यसले सघायो ।”

    उनका अनुसार जुम्बा गुरुले भने अनुसार नै डान्स गर्ने हो भने एक घण्टामा ४०० देखि ६०० सम्म क्यालोरी नाश गर्न सकिन्छ । यसले शरीरको ब्लडप्रेसर ठीक राख्छ र हड्डीलाई पनि मजबुत बनाउँछ । यो डान्सको खासियत भनेको शरीरका सबै भागमा एक्सरसाइज पुग्नु हो ।

    उनलाई पहिलो कुरा त मोटोपनकै कारण रोगव्याधि बढ्न पीर थियो । दोस्रो एकदिन यस्तो घटना भयो कि जसले उनलाई अपमानित महशुस गरायो । उनी भन्छिन् “एकदिन म प्लेन टिकेट लिन गएँ । मेरो शरीर हेरेर टिकट काउन्टरवालाले दुईटाको पैसा मागे ।” उनले प्रतिवाद त गरिनन् तर पछि लाज लाग्यो रे । त्यही बेला उनले प्रण गरिन्– म वजन घटाएरै छाड्छु ।

    उनी तीन बच्चाकी आमा बनिसकेकी छिन् भने उमेर ४० । यो उमेरमा यसरी शरीरलाई नाटकीय ढंगबाट परिवर्तन गर्नु सहज थिएन तर उनलाई लाग्छ, “चाह्यो भने गर्न सकिन्छ । मैले सकें । अरु पनि सक्छन् । मोटोपन एउटा ठूलो लज्जाको विषय हो ।”

    उनले मोटोपन घटाएपछि मीठाई, सोडा र धेरै कार्बाेहाइड्रयुक्त खानेकुरा खान छाडेकी छिन् । उनको वजन घटाउने एउटा सजिलो टिप्स छ, “जति भोक लागेपनि अलि घटाएर खानुहोस् । विस्तारै कम खाने बानी पर्छ । जुन स्वास्थ्यका लागि राम्रो हो ।” एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.