सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१०८ बाट ६३ किलोमा कसरी आइन् मोडेल रोजी ?


  •    /८ जेष्ठ २०७६, बुधबार १२:२३ 
  • मोटोपन अहिले धेरैको टाउको दुखाई हुने गरेको छ । त्यसमा पनि ग्ल्यामर क्षेत्रमा लागेकाहरुका लागि झनै ठूलो समस्या हो । ग्ल्यामर दुनियाँ, जहाँ सुन्दरता नै करियर बन्छ । त्यसैले आफ्नो सुन्दरता र शरीरको ख्याल राख्नु सबैका लागि जरुरी हुन्छ। यति मात्रै होइन, मोडलिङको दुनियाँमा अहिले मोटो मान्छे पनि मोडल हुने प्रचलन छ अचेल । मोटो मान्छेका लागि लुगाको बिज्ञापन गर्दा पातलाको के काम ? त्यसैले यस्तै मान्छेलाई मोडलका रुपमा प्रस्तुत गरिन्छ ।

    रोजी मेरक्याडो नामकी मोडलले पनि मोटी भएकै कारण मोडलिङ गरिरहेकी थिइन ्। मोटा महिलाका लागि उनी बिज्ञापन गर्थिन् । मोटो भएर राम्रै काम पाइरहेपनि उनलाई जीवनदेखि खुशी मिलेन । उनले मोटोपन घटाउने प्रण गरिन् । कुनै समय १०८ किलो वजन भएकी उनी अहिले ६३ किलोकी छिन । उनले ४५ किलो वजन घटाइन् ।

    उनका अनुसार उनले जुम्बा र दौडने काम सबैभन्दा धेरै गरिन् । डायटिङ पनि गरिन् । खानामा धेरै सागसब्जी खाइन् । पेय पदार्थमा सक्दो प्राकृतिक र अग्र्यानकि रोजिन् ।

    “एक्सरसाइज त केही समय कडा गर्नैपर्यो,” उनी भन्छिन्, “जुम्बा एक प्रकारको एरोबिक्स डान्स हो । जहाँ संगीतसँगै नाँचिन्छ । असिनपसिन भएपनि रमाइलो लाग्छ र नाँच्न मन लागिरहन्छ । त्यसैले सुरुमा एक्सरसाइज गर्ने बानी पार्न यसले सघायो ।”

    उनका अनुसार जुम्बा गुरुले भने अनुसार नै डान्स गर्ने हो भने एक घण्टामा ४०० देखि ६०० सम्म क्यालोरी नाश गर्न सकिन्छ । यसले शरीरको ब्लडप्रेसर ठीक राख्छ र हड्डीलाई पनि मजबुत बनाउँछ । यो डान्सको खासियत भनेको शरीरका सबै भागमा एक्सरसाइज पुग्नु हो ।

    उनलाई पहिलो कुरा त मोटोपनकै कारण रोगव्याधि बढ्न पीर थियो । दोस्रो एकदिन यस्तो घटना भयो कि जसले उनलाई अपमानित महशुस गरायो । उनी भन्छिन् “एकदिन म प्लेन टिकेट लिन गएँ । मेरो शरीर हेरेर टिकट काउन्टरवालाले दुईटाको पैसा मागे ।” उनले प्रतिवाद त गरिनन् तर पछि लाज लाग्यो रे । त्यही बेला उनले प्रण गरिन्– म वजन घटाएरै छाड्छु ।

    उनी तीन बच्चाकी आमा बनिसकेकी छिन् भने उमेर ४० । यो उमेरमा यसरी शरीरलाई नाटकीय ढंगबाट परिवर्तन गर्नु सहज थिएन तर उनलाई लाग्छ, “चाह्यो भने गर्न सकिन्छ । मैले सकें । अरु पनि सक्छन् । मोटोपन एउटा ठूलो लज्जाको विषय हो ।”

    उनले मोटोपन घटाएपछि मीठाई, सोडा र धेरै कार्बाेहाइड्रयुक्त खानेकुरा खान छाडेकी छिन् । उनको वजन घटाउने एउटा सजिलो टिप्स छ, “जति भोक लागेपनि अलि घटाएर खानुहोस् । विस्तारै कम खाने बानी पर्छ । जुन स्वास्थ्यका लागि राम्रो हो ।” एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.