रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य संघ रत्ननगरको समन्वयमा अस्पताल सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक डा. सरिता न्यौपानेले बताईन् । युरोप, अमेरिका जस्ता विकसित देशमा दाँतको उपचार महङ्गो र ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै पर्यटकीय गन्तव्यहरु नै घुमेर फर्किन पुग्ने भएकाले पर्यटक लक्षित गर्दै अस्पताल सञ्चालन गरिएको न्यौपानेको भनाई छ । सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साईराम डेण्टलले रत्ननगरमा शाखा विस्तार गरेको हो । यसअघि भरतपुरमा पनि शाखा सञ्चालन भईरहेको छ । विदेशी पर्यटक र गैरआवासीय नेपालीलाई लक्षित गर्दै अस्पताल स्थापना गरिएको न्यौपानेले बताईन् । युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरुमा दाँतको उपचार अत्यधिक महंगो रहेको छ । डा. न्यौपानेका अनुसार नेपालमा १० हजारमा हुने दाँतको आरसिटी विकसित देशहरुमा २ हजार पाँच सय डलर खर्च हुन्छ । नेपालमा ७० हजार रुपैयाँमा हुने दाँत प्रत्यारोपण ती देशहरुमा ५ देखि ७ हजार डलर खर्च हुन्छ । ती देशहरुमा दाँत प्रत्यारोपण, आरसिटी लगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेर जान सकिने डा. न्यौपानेको दावी छ । नेपालमा र विकसित देशमा दाँतको उपचारमा प्रयोग हुने उपकरण र औषधि एउटै हुने बताउँदै उनले भनिने “विकसित देशमा गरिने उपचारको गुणस्तर हामीले पनि दिन्छौं ।” साईराम डेण्टल केयरले हालसम्म ४० हजारभन्दा बढी बिरामीको अस्पतालबाट उपचार गरिसकेको बताउँदै उनले पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर निःशुल्क सेवा दिएको दावी गरिन् । अहिले दैनिक तीन जनाभन्दा बढी गैरआवासीय नेपालीहरु दाँत उपचारका लागि आफूकहाँ आउने गरेको बताउँदै डा. न्यौपानेले भनिन् “गैरआवासीय नेपालीको माग अनुसार नै रत्ननगरमा शाखा विस्तार गरिएको हो ।” दन्त उपचार एक दुई दिनमा नै गर्न सकिने भएकाले पर्यटकले लामो समय खर्चिनु नपर्ने उनको भनाई छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल व्यवसायीहरुले दिने सेवा मध्ये पर्यटकका लागि दाँतको उपचार सेवा थप गर्दा पर्यटकको बसाई लम्बिने र पर्यटक संख्या पनि बढ्ने भएकाले डेण्टल टुरिजमको शुरुवात गरिएको बताए । नेपालमा सस्तोमा गुणस्तरीय रुपमा दाँतको उपचार हुन्छ भन्ने कुराको बजारीकरण गर्न सके उल्लेख्य मात्रामा पर्यटक बढ्ने घिमिरेको अपेक्षा छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले डेण्टल टुरिजमले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताए । दाँतको उपचार खर्चले घुम्न समेत पुग्ने भएकाले यसलाई नेपाल सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने वनको भनाई छ । दन्तरोग विशेषज्ञ समेत रहेका बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अजय न्यौपाने नेपालमा डेण्टल टुरिजमको अत्यधिक सम्भावना रहेको बताउँछन् । प्रत्येक वर्ष १५ लाख अमेरिकी दाँतको उपचार गर्न देश बाहिर जाने उदाहरण प्रस्तुत गर्दै उनले अन्य विकसित देशका नागरिक पनि उपचार गर्न देश बाहिर जाने गरेका बताए । भारत, थाईल्याण्ड, कम्बोडिया लगायतका देशहरुले विकसित देशका पर्यटक लक्षित गरी डेण्टल टुरिजमको शुरुवात गरेका बताउँदै डा. अजय न्यौपानेले भने “उपचारका लागि प्रयोग गरिने सामग्री विकसित देश र नेपालमा एउटै भए पनि नेपालमा सस्तो जनशक्ति, न्यून सरकारी कर लगायतका कारण उपचार सस्तो पर्ने गर्दछ ।” दाँतको बीमा नहुने, जनशक्ति र कर महङ्गो पर्ने हुँदा विकसित देशमा दाँतको उपचार धेरै महङ्गो पर्ने गर्दछ ।
रत्ननगर (चितवन)
दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो ।
क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य संघ रत्ननगरको समन्वयमा अस्पताल सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक डा. सरिता न्यौपानेले बताईन् ।
युरोप, अमेरिका जस्ता विकसित देशमा दाँतको उपचार महङ्गो र ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै पर्यटकीय गन्तव्यहरु नै घुमेर फर्किन पुग्ने भएकाले पर्यटक लक्षित गर्दै अस्पताल सञ्चालन गरिएको न्यौपानेको भनाई छ ।
सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साईराम डेण्टलले रत्ननगरमा शाखा विस्तार गरेको हो । यसअघि भरतपुरमा पनि शाखा सञ्चालन भईरहेको छ ।
विदेशी पर्यटक र गैरआवासीय नेपालीलाई लक्षित गर्दै अस्पताल स्थापना गरिएको न्यौपानेले बताईन् । युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरुमा दाँतको उपचार अत्यधिक महंगो रहेको छ । डा. न्यौपानेका अनुसार नेपालमा १० हजारमा हुने दाँतको आरसिटी विकसित देशहरुमा २ हजार पाँच सय डलर खर्च हुन्छ । नेपालमा ७० हजार रुपैयाँमा हुने दाँत प्रत्यारोपण ती देशहरुमा ५ देखि ७ हजार डलर खर्च हुन्छ । ती देशहरुमा दाँत प्रत्यारोपण, आरसिटी लगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेर जान सकिने डा. न्यौपानेको दावी छ । नेपालमा र विकसित देशमा दाँतको उपचारमा प्रयोग हुने उपकरण र औषधि एउटै हुने बताउँदै उनले भनिने “विकसित देशमा गरिने उपचारको गुणस्तर हामीले पनि दिन्छौं ।”
साईराम डेण्टल केयरले हालसम्म ४० हजारभन्दा बढी बिरामीको अस्पतालबाट उपचार गरिसकेको बताउँदै उनले पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर निःशुल्क सेवा दिएको दावी गरिन् ।
अहिले दैनिक तीन जनाभन्दा बढी गैरआवासीय नेपालीहरु दाँत उपचारका लागि आफूकहाँ आउने गरेको बताउँदै डा. न्यौपानेले भनिन् “गैरआवासीय नेपालीको माग अनुसार नै रत्ननगरमा शाखा विस्तार गरिएको हो ।” दन्त उपचार एक दुई दिनमा नै गर्न सकिने भएकाले पर्यटकले लामो समय खर्चिनु नपर्ने उनको भनाई छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल व्यवसायीहरुले दिने सेवा मध्ये पर्यटकका लागि दाँतको उपचार सेवा थप गर्दा पर्यटकको बसाई लम्बिने र पर्यटक संख्या पनि बढ्ने भएकाले डेण्टल टुरिजमको शुरुवात गरिएको बताए । नेपालमा सस्तोमा गुणस्तरीय रुपमा दाँतको उपचार हुन्छ भन्ने कुराको बजारीकरण गर्न सके उल्लेख्य मात्रामा पर्यटक बढ्ने घिमिरेको अपेक्षा छ ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले डेण्टल टुरिजमले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताए । दाँतको उपचार खर्चले घुम्न समेत पुग्ने भएकाले यसलाई नेपाल सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने वनको भनाई छ ।
दन्तरोग विशेषज्ञ समेत रहेका बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अजय न्यौपाने नेपालमा डेण्टल टुरिजमको अत्यधिक सम्भावना रहेको बताउँछन् । प्रत्येक वर्ष १५ लाख अमेरिकी दाँतको उपचार गर्न देश बाहिर जाने उदाहरण प्रस्तुत गर्दै उनले अन्य विकसित देशका नागरिक पनि उपचार गर्न देश बाहिर जाने गरेका बताए । भारत, थाईल्याण्ड, कम्बोडिया लगायतका देशहरुले विकसित देशका पर्यटक लक्षित गरी डेण्टल टुरिजमको शुरुवात गरेका बताउँदै डा. अजय न्यौपानेले भने “उपचारका लागि प्रयोग गरिने सामग्री विकसित देश र नेपालमा एउटै भए पनि नेपालमा सस्तो जनशक्ति, न्यून सरकारी कर लगायतका कारण उपचार सस्तो पर्ने गर्दछ ।” दाँतको बीमा नहुने, जनशक्ति र कर महङ्गो पर्ने हुँदा विकसित देशमा दाँतको उपचार धेरै महङ्गो पर्ने गर्दछ ।