सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार कँडेलको ‘मोसो’ उपन्यास बजारमा


  •    न्युजभित्तो/२० मंसिर २०७७, शनिबार ०९:०९ 
  • भरतपुर, २० मंसिर । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनु भएका पत्रकार सूर्यप्रकाश कँडेलले लेखेको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले बजारमा ल्याएको ‘मोसो’ शनिबार दिउँसो विमोचन हुँदैछ ।

    पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा क्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकार समेत हुनुहुन्छ । २०५५ साल असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरm गर्नुभएका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्नुहुन्छ । हाल उहाँ नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले १४ वर्षसम्म अन्नपूर्ण पोस्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसक्नु भएको छ ।

    व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न सुरु गरेर पूरै सिध्याउन ठ्याक्कै तीन वर्ष लागेको बताउनु भयो । मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ छ ।

    ‘उपन्यास आफैमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । मोसोमा पनि यी सबै कुरा छन्’ पत्रकार कँडेल भन्नुहुन्छ, ‘मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ ।’

    पत्रकारिताको आडमा सीमित पत्रकारले गरेका नराम्रा कामले समग्र पत्रकारलाई हेर्ने सामाजिक दृष्टि धमिलो हुन थालेपछि समाजको आँखामा पत्रकारिताको सही चित्र प्रस्तुत गर्ने जिम्मेवारी बोधले पनि ‘मोसो’ लेख्न प्रेरित गरेको उहाँ बताउनु हुन्छ ।

    ‘पत्रकारिताको पोखरी पछिल्लो समय धमिलिएको छ, हिलो जम्न थालेको छ’ उहाँले भन्नुभयो, ‘त्यही हिलोको बीचमा कमलका फूलजस्ता पत्रकार पनि छन् । हिलोमा रमाउने किरा पनि छन् । इमानको गोरेटोमा हिँडिरहेका पत्रकार कमलका फूल हुन् । बेइमानीको कमाई गर्ने पत्रकार किरा हुन् । यो अन्तर देखाउन पनि ‘मोसो’ को जन्म हुन पुगेको हो ।’

    समाचार लेखिरहेको मान्छेले साहित्य लेख्दा कत्तिको कठिन भयो भन्ने प्रश्नमा पत्रकार कँडेल भन्नुहुन्छ, ‘साहित्य लेखनमै समर्पित साहित्यकारको कृति पढ्दा जुन साहित्यिक स्वाद पाइन्छ, त्यस्तै स्वाद समाचार लेखनबाट साहित्यमा आएकाहरुको कृतिमा पाउन सकिन्न । समाचार लेख्दा सरल भाषामा लेखिने हुनाले यस्तो अन्तर आउने हो । यो अन्तरलाई कम गर्न मैले ‘मोसो’ मा निकै मिहिनेत गरेको छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.