सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस कोरोनाको कारण सम्झनामा सीमित


  •    न्युजभित्तो/१९ मंसिर २०७७, शुक्रबार १४:२० 
  • काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्वर सम्राट नारायण गोपाल ।

    आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वर सम्राटको उपाधि समेत पाउनुभएका नारायण गोपालको ३० औं स्मृति दिवस कोरोना महामारिकाको कारण सम्झनामा सिमित भएको छ ।
    वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मङंसिर १९ गतेका दिन निधन भएको थियो ।

    सङ्गीतकार रामकृष्ण दुवाल नारायण गोपाललाई सम्झदै भन्नुहुन्छ, उहाँ नेपाली सुगम संगीतले अन्तराष्ट्रि«य क्षेत्रमै केही गरोस् भनेर बारम्बार नेपाली सुगम संगीतबारे चिन्ता लिइरहनुहुन्थ्यो । हाम्रो सुगम संगीत पनि अन्तर्रा्ष्ट्रिय स्तरमा पुग्नुपर्छ भन्नुहुन्थ्यो ।
    दाईचा भनेर नेपाल भाषामा उहाँलाई बोलाउने सम्झदै दुवालले नेपाल भाषाको गीतमा पनि मलाई मदत गर्नुभएको बताउनुभयो ।

    नेपाली सुगम संगीत हाम्रै पनको हुनुपर्छ भन्ने कुरा मलाई जहिल्यै सम्झना आउँछ उहाँले भन्नुभयो । दाफा भजन सुनाउदा निकै खुसीका साथ सुन्नुहुन्थ्यो दुवाल थप्नुहुन्छ, हाम्रो सांस्कृतिलाई गीत मार्फत प्रस्तुत गर्नुपर्ने सधै भन्नुहुने मलाई सम्झना आउछ ।

    यता सङ्गीत शम्भुजित बाँस्कोटाले नारायण गोपालले पीडा लुकाएर गीत संगीतमा रमाउने बानी विशेष लाग्ने बताउनुभयो ।
    स्वास्थ्य अवस्था खराब भएपनि गाउनुभएको गीत निकै सफल भयो बास्कोटाले भन्नुभयो, चलचित्रको व्यापारमा पनि यो गीतले त्यत्तिकै सहयोग पुराएको थियो । यसरी आफ्नो पीडा लुकाएर गीत गाउने र अरूलाई खुसी बनाउने उहाँको विशेषता थियो । चलचित्र मायामा गीत गाएपछि उहाँले चलचित्र दक्षिणामा एउटा गीत गाउनुभयो ।

    उहाँसँग लामो संगत भएर होला भाइले पनि संगीत गर्नुपर्छ भन्नुहुन्थ्यो । सोही क्रममा उहाँको एउटा गीतमा संगीत गर्ने अवसर जुर्यो । त्यो गीत तिमीले भनेका सार देव छोएर।।।‘ थियो ।
    यो गीतको सफलतासँगै हामीले अर्को गीतमा सहकार्य गर्यौ । उहाँसँग मैले दोस्रो सुगम गीत पर्खी बसें आउँछौ भनी।।।‘मा संगीत गरेको थियो ।
    सुगम संगीतमा आउन चाहने प्रतिभाले यो क्षेत्रमा केही गरुन् भनेर उहाँले प्रोत्साहन गर्नुहुन्थ्यो । मेरो सांगीतिक यात्रामा नारायण गोपाल दाइको पनि त्यत्तिकै प्रोत्साहन रहेको छ ।
    यसरी बाल्यकालदेखि उहाँको संगतमा रहने क्रममा नारायण गोपाल दाइको अन्तिम घडीसम्म पनि म साथमै रहें ।

    विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

    उहाँले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाउनुभएको छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.