मनकारी पूर्व शिक्षक दम्पती : जसले विद्यालयलाई ७० लाख सहयोग गरे
/७ जेष्ठ २०७६, मंगलवार २१:३२
चितवन । यहाँको एक विद्यालयलाई पूर्व शिक्षक दम्पतीले ७० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालयलाई सोहि वडा निवासी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर वृद्धिका लागि ७० लाख १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।
कमल मल्लकी आमा खुम्बुकुमारी मल्लले मंगलबार एक समारोहकाबीच सो रकमको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभयो । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा घोषणा गरिएको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । मल्ल दम्पती दुवै जना लामो समय शिक्षण पेशामा आवद्ध रहनु भएको थियो ।
विद्यालयको भौतिक संरचना अपुग भएका कारण कक्षा ११ र १२ को पठनपाठन हुन सकेको छैन । गरीब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नमा सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग रकम हस्तान्तरण गरेको कमल मल्लले बताउनु भयो । सामुदायिक विद्यालयहरुको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक गुणस्तरमा वृद्धि गर्न कठिन हुने गरेको उहाँले बताउनु भयो ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले यहि संरचनामा कक्षा ११ र १२ सञ्चालन गर्न कठिन भएको बताउनुभयो । विद्यालयको नाममा जग्गा थोरै रहेकाले अन्य संरचना थप गर्न नसकिने अवस्था रहेको भन्दै उहाँले स्थानीय निकायसँग जग्गा उपलब्ध गराईदिन अनुरोध समेत गर्नु भयो ।