सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोप हुन थाले सारङ्गी, युवापुस्तामा घट्दै गयो रुचि


  •    न्युजभित्तो/१८ मंसिर २०७७, बिहीबार १४:१९ 
  • तनहुँ, मङ्सिर १८ ।

    ‘हुन्न हजुर अर्कैको देखर
    ल्याउनु पर्छ भाग्यमा लेखेर …’

    भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए ।
    यस्तै सुकु गुरुङ पनि गीत सुनेर भावुक बन्नुभयो । गन्धर्व समुदायको पुर्ख्र्यौली पेशा गायन हो तर युवापुस्तामा यसप्रति रुचि घट्दै गएको पाइएको छ ।

    युवालाई यस पेशामा आकर्षण नहुँदा पेशा नै लोपो हुने अबस्था आएको छ ।सारङ्गीको धुनसँगै समाजमा भएका विभिन्न घटनालाई गायनको माध्यमबाट प्रस्तुत गरिरहँदा गन्धर्वको वरिपरि मान्छे झुम्मिन्थे, बस्नेको आँखा रसाउँथे । गीत सङ्गीतको माध्यमबाट सूचना बाँड्दै हिँड्ने गन्धर्वका सारङ्गी हिजोआज गुञ्जन छोडेका छन् ।

    गन्धर्वका गीतका माध्यमबाट सूचना र मनोरञ्जन लिनुभन्दा हाल सामजिक सञ्जाल, रेडियो, पत्रपत्रिका, टेलिभिजन, इन्टरनेटजस्ता अत्याधुनिक सूचना प्रविधि प्रति मानिसको ध्यान तानिएकोले गन्धर्वको पेशालाई विस्थापित हुँने क्रम बढेको भानु नगरपालिका–१ गन्धर्ववस्तीका ५२ वर्षिय बुद्ध गन्धर्वले बताउनुभयो । १० वर्षको उमेर देखि गीत गायर जीवन यापन गर्दै आउनुभएका उहाँ समाचार सुन्न नचाहने भएकोले मायाप्रेमका गीत मात्रै गाउने गरेको बताउनुुहुन्छ ।

    ‘यस्ता सुरिलो गीत सुनाउने युवा कमै भेटिन्छन् बुढापाकाले बेंढो धानेका छन्’ मधुले गोरखापत्रसँग भन्नुभयो । समाजमा कतिपयले हेंलाको दृष्टिकोणले हेर्ने गरेकोले युवाको सारङ्गीको मोह भन्दा विदेश जान चाहने, अन्य पेशा अपनाउने गरेको सिताराम बताउनुहुन्छ । ‘हामी जस्ता बुडापाका गीत सुनाउँदै जीववन यापन गर्दै आएका छौं युवाको रुची नभएकोल पेशा नै लोप भएर जान्छ कि जस्तो लागेको छ’ सीतारमले भन्नुभयो । सारङ्गी बजाएर दैनिक करीव पाँच सय आम्दानी हुने त्यही आम्दानीले परिवार चलेको उहाँले बताउनुभयो ।
    गन्धर्वबस्तीकी ४८ वर्षीया शर्मिला गान्धारी गायन पेशाभन्दा अन्य पेशाबाट आम्दानी धेरै हुने भएकोले सारङ्गीको धुनमा रमाउने घट्दै गएको बताउनुहुन्छ । वस्तीमा बस्ने सबै गन्धर्व सुकुम्बासी रहेको र न्युन आर्थिक अवस्थाका भएकाले शैक्षिक अवस्था कमजोर भएकोले नागरीकता बनाएका युवा राहदानी बनाएर खाडी मुलकमा जान चाहने बढी रहेको उहाँ बताउनुुहुन्छ ।

    रामकृष्ण गन्धर्वको कतिपयले गाउन छाडेर सारङ्गी बनाएर ठमेलमा पर्यटकलाई बेचेर जीवन गुजारीरहेको बताउनुभयो । लकडाउन खुले पनि पर्यटन व्यवसाय पहिलो जस्तो राम्रो नभएकाले युवा विदेश जान चाहेको उहाँले बताउनुभयो । सोही ठाउँकी सीता गन्धर्व आफ्नो जातीय पहिचान बोकेको गन्धर्वको संस्कृति हराउन थालेकामा चिन्तित हुनुहुन्छ । पेशा संरक्षण गर्न सारङ्गी बनाउने काठमा अनुदान दिने, गीत सङ्गीत रेकर्ड गरी युटुबबाट प्रशारणको लागि मद्धत गर्ने जस्ता कार्य गर्न सरकारले ध्यान दिने हो भने पेशा जोगाउन सकिन्छ नत्र एकदेशको कथा हुन्छ’ सिताले भन्नुभयो ।

    नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकाले पेशा अपनाउनेलाई प्रोत्साहन गर्न उक्त स्थानमा गएर उनिहरुलाई समावेश गरी रोदीघर चलाउने गरिएका बन्दीपुर गाउपालिका–१ डुम्रे निवासी लोक तथा दोहरी गायक शङ्कर परियारले बताउनुभयो ।
    पेन ड्राईभ, मेमरी कार्ड तथा युटुबबाट गीत बजाउने चलन बढ्दा प्रत्यक्ष रुपमा गाइने मौलिक लोक सस्कृति हराउँदै जानथालेकोले गाममै पुगेर गामवेशी रोदीघर सञ्चालनमा ल्याएको गायक परियारले जानकारी दिनुभयो ।
    गामवेशी रोदी घरमा आबद्ध हुुनुभएका भानु नगरपालिका–१ भन्सारका राजकुमार श्रेष्ठ काजीले सस्कृति संरक्षणको कार्य भएकोले सास्कृतिक कार्यक्रमको निःशुल्क छायाङ्कन गरिहेको जानकारी दिनुभयो ।

    ‘समाजमा भएका विकृति, सरसफलाई सम्बन्धी चेतना मुलकलाई सारङ्गीको मीठो धून अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि राज्यले लगानी गर्ने हो भने गन्धर्वको पेशा जोगिने संरक्षण गर्न पनि मद्दत पुग्ने काजी बताउनुुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.