सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकका लागि ‘डिजिटल बोर्ड’


  •    /१ बैशाख २०७६, आईतवार १२:०४ 
  • सौराहा (चितवन)
    सौराहा आउने पर्यटकलाई सहज होस् भनेर यहाँको हात्तीचोकमा डिजिटल बोर्ड (विद्युतीय सूचना पाटी) राखिएको छ । सौराहा प्रवेशसँगै यहाँ हुने पर्यटकीय गतिविधिका बारेमा जानकारी लिन सजिलो होस् र पर्यटक अलमलमा नपरुन् भन्नका लागि सूचना पाटी राखिएको हो ।
    नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल संघ चितवनको संयुक्त लगानीमा पाटी निर्माण गरिएको हो । संघका अध्यक्ष सुमन घिमिरेका अनुसार पर्यटन बोर्डको १० लाख र संघको ३ लाख गरी १३ लाख रुपैयाँको लागतमा अत्याधुनिक सूचना पाटी निर्माण गरिएको हो ।
    सूचना पाटीमा सौराहा क्षेत्रको पर्यटकीय गतिविधिहरु, निकटका पर्यटकीय गन्तव्यहरु, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय र दूरी, ट्राफिक नियमलगायतका पर्यटकलाई आवश्यक पर्ने महत्वपूर्ण सूचनाहरु राखिने घिमिरेले जानकारी दिए । पाटीमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यहरुलाई सरसफाई राख्नका लागि सार्वजनिक सन्देश प्रसारण गर्नुका साथै व्यावसायिक विज्ञापन पनि राखिने छ ।
    सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकता अनुसार सन्देशहरु प्रवाह गर्ने व्यवस्था मिलाईएको पनि घिमिरेले जानकारी दिए । साढे दश फिट लामो र ७ दशमलव ३५ फिट चौडा पाटीमा स्पष्टसँग सूचनाहरु हेर्न सकिने छ ।
    चितवन राष्ट्रिय निकुञ्जको एउटा मुख्य प्रवेशद्वार सौराहामा दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ लगायतका वन्यजन्तु हेर्न वर्षेनी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.