सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु


  •    /५ जेष्ठ २०७६, आईतवार २३:५५ 
  • भरतपुर । चितवनमा आज छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–८ गोँगबुका ३० वर्षीय अनुप खड्काको मुत्यु भएको हो । गम्भीर घाइते खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलोमा दुई मोटरसाइकल ठोक्किदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।

    सडकमा पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.