तिलकराम रिमाल चितवन / दुर्लभ एक सिंगे गैंडाको गणना बजेट अभावका कारण यस वर्ष हुन सकेन । प्रत्येक चार/चार वर्षमा गैंडा गणना गरिंदै आएको थियो । पछिल्लो पटक सन् २०१५ मा गणना गरिएको थियो । संरक्षणको दृष्टिले महत्वपूर्ण मानिने गणना कार्यमा नेपाल सरकारले बजेट विनियोजन नगरेपछि दाताको खोजी गरिएको थियो । दाताहरुले पनि पर्याप्त रकम दिन नसकेपछि गणना हुन नसकेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा गैंडा गणना गर्न नसकिएको स्वीकार गरे । खड्काले पूर्व तयारी पनि नपुगेको र बजेटको पनि अभाव भएपछि यस वर्ष गणना गर्न नसकिएको बताए । मन्त्रालयबाट बजेट विनियोजन नभएको र दाताको खोजी गरे पनि पर्याप्त बजेट नपाएपछि गणना नगरिएको उनले जानकारी दिए । गैंडा कार्ययोजना (राईनो एक्सन प्लान) मा चारदेखि पाँच वर्षमा गैंडा गणना गर्नुपर्ने भनिएको हुंदा आउंदो वर्षको सरकारी बजेटमा रकम विनियोजन गरेर पांचौ वर्ष सन् २०१९ मा गैंडा गणना गर्ने तयारी गरिएको खड्काले बताए । मन्त्रालयले अर्को वर्ष गणनाका लागि बजेट विनियोजन गर्ने जनाईसकेको उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अप्रिलको पहिलो साता नै गणना कार्य शुरु गरिसक्नु पर्ने बताए । हालसम्म पनि विभागबाट कुनै जानकारी नआएको बताउँदै उनले अब यस वर्ष गणनाको सम्भावना नरहेको बताए । अब विस्तारै घाँस र बुट्यान बढ्दै जाँदा गणना कार्य असहज हुने उनको भनाई छ । नेपालमा सन् १९९४, सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा रहेका थिए, त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा भेटिएका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एकसिंगे गैंडा पाईन्छ । दुई वर्ष अघि चितवनमा आएको बाढीका कारण ठूलो संख्यामा वन्यजन्तु बगेका थिए । निकुञ्जबाट बगेर भारत पुगेका १० वटा गैंडा उद्धार गरी यहाँ ल्याईएको थियो । अझै तीन वटा गैंडा भारतीय क्षेत्रमा रहेका छन् । बाढीका कारण एक ठाउँको गैंडा अर्काे ठाउँमा पुगेपछि प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेर गएको छ । चालु आर्थिक वर्षको हालसम्म ४१ गैंडा प्राकृतिक कारणले मरेका छन् । पछिल्लो समय चोरीशिकारीबाट गैंडा नमारिएपनि बाढी लगायतका प्राकृतिक कारणबाट गैंडा धेरै मरेपछि संरक्षणका लागि गैंडाको एकिन तथ्याङ्क आवश्यक पर्ने संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।
तिलकराम रिमाल
चितवन / दुर्लभ एक सिंगे गैंडाको गणना बजेट अभावका कारण यस वर्ष हुन सकेन । प्रत्येक चार/चार वर्षमा गैंडा गणना गरिंदै आएको थियो । पछिल्लो पटक सन् २०१५ मा गणना गरिएको थियो ।
संरक्षणको दृष्टिले महत्वपूर्ण मानिने गणना कार्यमा नेपाल सरकारले बजेट विनियोजन नगरेपछि दाताको खोजी गरिएको थियो । दाताहरुले पनि पर्याप्त रकम दिन नसकेपछि गणना हुन नसकेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा गैंडा गणना गर्न नसकिएको स्वीकार गरे । खड्काले पूर्व तयारी पनि नपुगेको र बजेटको पनि अभाव भएपछि यस वर्ष गणना गर्न नसकिएको बताए । मन्त्रालयबाट बजेट विनियोजन नभएको र दाताको खोजी गरे पनि पर्याप्त बजेट नपाएपछि गणना नगरिएको उनले जानकारी दिए ।
गैंडा कार्ययोजना (राईनो एक्सन प्लान) मा चारदेखि पाँच वर्षमा गैंडा गणना गर्नुपर्ने भनिएको हुंदा आउंदो वर्षको सरकारी बजेटमा रकम विनियोजन गरेर पांचौ वर्ष सन् २०१९ मा गैंडा गणना गर्ने तयारी गरिएको खड्काले बताए । मन्त्रालयले अर्को वर्ष गणनाका लागि बजेट विनियोजन गर्ने जनाईसकेको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अप्रिलको पहिलो साता नै गणना कार्य शुरु गरिसक्नु पर्ने बताए । हालसम्म पनि विभागबाट कुनै जानकारी नआएको बताउँदै उनले अब यस वर्ष गणनाको सम्भावना नरहेको बताए । अब विस्तारै घाँस र बुट्यान बढ्दै जाँदा गणना कार्य असहज हुने उनको भनाई छ ।
नेपालमा सन् १९९४, सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा रहेका थिए, त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा भेटिएका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि एकसिंगे गैंडा पाईन्छ ।
दुई वर्ष अघि चितवनमा आएको बाढीका कारण ठूलो संख्यामा वन्यजन्तु बगेका थिए । निकुञ्जबाट बगेर भारत पुगेका १० वटा गैंडा उद्धार गरी यहाँ ल्याईएको थियो । अझै तीन वटा गैंडा भारतीय क्षेत्रमा रहेका छन् ।
बाढीका कारण एक ठाउँको गैंडा अर्काे ठाउँमा पुगेपछि प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेर गएको छ । चालु आर्थिक वर्षको हालसम्म ४१ गैंडा प्राकृतिक कारणले मरेका छन् ।
पछिल्लो समय चोरीशिकारीबाट गैंडा नमारिएपनि बाढी लगायतका प्राकृतिक कारणबाट गैंडा धेरै मरेपछि संरक्षणका लागि गैंडाको एकिन तथ्याङ्क आवश्यक पर्ने संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।