सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ मा चितवनलाई सबैभन्दा धेरै बजेट आउँछ : मन्त्री ढुङ्गेल


  •    /५ जेष्ठ २०७६, आईतवार १७:४६ 
  • चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनुभएको छ ।

    प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताउनुभयो । मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर १७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा मन्त्री ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभयो ।

    ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको यस जिल्लालाई प्रदेश सरकारले ‘चितवनको गौरव, प्रदेश ३ को सौरभ’ भनेर अगाडि बढिएको ढुंगेलको भनाइ छ ।

    विसं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहश्यमयी कार दुर्घटनामा मृत्यु भएका जननेता मदन भण्डारीको शव जेठ ५ गते गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन् ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेशसभा सदस्यद्वय विजय सुवेदी तथा कृष्णप्रसाद भूर्तेल, नेकपाका स्थानीय नेता पिताम्बर पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    २६औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउन्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको आयोजनामा श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । कार्यक्रममा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

    सो शिविरमा हाडजोर्नी, नशा, वाथ रोग, स्पाइन चेकजाँचका साथै जनरल स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा स्त्री रोग सम्बन्धी चेकजाँच समेत गरिएको थियो । निशुल्क सुगर परीक्षण र मानसिक रोगीलाई परामर्श समेत प्रदान गरिएको डाक्टर निराजन सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्या पाठकले महिलाहरुलाई पाठेघर र स्तन क्यान्सरको बारेमा जानकारी गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.