सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ मा चितवनलाई सबैभन्दा धेरै बजेट आउँछ : मन्त्री ढुङ्गेल


  •    /५ जेष्ठ २०७६, आईतवार १७:४६ 
  • चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनुभएको छ ।

    प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताउनुभयो । मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर १७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा मन्त्री ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभयो ।

    ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको यस जिल्लालाई प्रदेश सरकारले ‘चितवनको गौरव, प्रदेश ३ को सौरभ’ भनेर अगाडि बढिएको ढुंगेलको भनाइ छ ।

    विसं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहश्यमयी कार दुर्घटनामा मृत्यु भएका जननेता मदन भण्डारीको शव जेठ ५ गते गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन् ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेशसभा सदस्यद्वय विजय सुवेदी तथा कृष्णप्रसाद भूर्तेल, नेकपाका स्थानीय नेता पिताम्बर पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    २६औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउन्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको आयोजनामा श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । कार्यक्रममा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

    सो शिविरमा हाडजोर्नी, नशा, वाथ रोग, स्पाइन चेकजाँचका साथै जनरल स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा स्त्री रोग सम्बन्धी चेकजाँच समेत गरिएको थियो । निशुल्क सुगर परीक्षण र मानसिक रोगीलाई परामर्श समेत प्रदान गरिएको डाक्टर निराजन सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ नर्स अयोध्या पाठकले महिलाहरुलाई पाठेघर र स्तन क्यान्सरको बारेमा जानकारी गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
    विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
    • हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार
    • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
    • भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…
    • चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.