सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको ग्रामीण कृषि सडक चार महिनापछि सञ्चालन


  •    न्युजभित्तो/२ कार्तिक २०७७, आईतवार ०७:४० 
  • मुग्लिन (चितवन) । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि यहाँ सडक प्रायः बन्द हुने गर्छन् । यसपटक पनि गत असारबाटै यहाँका अधिकांश सडक वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुनपुग्यो । केही सडकमा अझै सवारी गुड्न सकेका छैनन् ।

    गत असारदेखि बन्द रहेको साविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय रहेको ढुङ्ग्रे गाउँ जोड्ने वडा नं ६ स्थित जलविरे–चण्डीभञ्ज्याङ ग्रामीण कृषि सडक शनिबारबाट पूर्णरूपमा सञ्चलानमा आएको छ । वर्षाका कारण पहिरो झरेर चार महिनादेखि अवरुद्ध रहेको उक्त सडक करिब तीन हप्ताको प्रयासपछि शनिबारदेखि सञ्चालन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

    लामो समयदेखि उक्त सडक अवरुद्ध हँुदा याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्डे, ढुङ्ग्रेलगायत स्थानीयवासीलाई आवतजावत गर्न कठिन भएको थियो । यहाँका बासिन्दाले उब्जाएका तरकारी बजार लैजान नपाउँदा किसान मारमा परेका थिए ।

    इच्छाकामना गाउँपालिकाको पहलमा अवरुद्ध भएका कृषि सडक दशैँ अगाडि नै सञ्चालनमा ल्याइएपछि स्थानीयवासीलाई सहज भएको स्थानीय लोक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अवरुद्ध सडक सञ्चालन भएसँगै यहाँका बासिन्दाले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारसम्म लैजान सहज हुने भएको छ, विशेषगरी दशैँमा चामललगायत धेरै सामान पनि बजारबाट गाउँ ल्याउनुपर्ने हुन्छ ।”

    गाउँपालिका अध्यक्ष गुरुङले वर्षायाममा अवरुद्ध भएका सबै ग्रामीण सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “गाउँपालिकाका ग्रामीण भेगका सबै अवरुद्ध सडक सञ्चालन गराउनका लागि धमाधम काम भइरहेको छ, दशैँअघि सबै सडकको पहिरो हटाएर यातायात सञ्चालन गरिने छ ।” उहाँका अनुसार धेरैजसो अवरुद्ध सडकको पहिरो हटाएर यातायात सञ्चालन भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.